टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा ईभीको आधिकारिक इन्स्टाग्राममा सो कारको टिजर भिडियो सेयर गरेको हो । यस टिजरमा सो कार उकालो सडकमा तीव्र गतिमा गुडिरहेको देखिन्छ ।

यद्यपि सो कारको बुकिङ प्रक्रिया भने सुरु भइसकेको छ । सो कारको बुकिङ कम्पनीको आधिकारिक डिलरशिप र साइटमा बुक गर्न सकिन्छ । यसका लागि २१ हजार भारु तोकिएको छ । कम्पनीले सो कारको बिक्री जनवरी १७, २०२४ देखि सुरु हुने पुष्टि गरेको छ ।

सो कार टाटा मोटर्सको नयाँ प्लेटफर्म एक्टि डट ईभीमा डिजाइन गरिएको हो र सो प्लेटफर्ममा तयारी गरिने यो पहिलो कार हुनेछ ।

सो कार २ भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा प्रदान गरिएको ब्याट्री प्याकले सिंगल चार्जमा ३०० देखि ६०० किलोमिटरको रेन्ज दिन सक्ने अपेक्षा गरिएको छ ।

यसमा १०.२५ इन्च टचस्क्रिन हुनेछ, जसले एन्ड्रोइड अटो र एप्पल कार प्लेलाई सपोर्ट गर्छ । कारमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड सिट र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

कठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इकोबिटका इलेक्ट्रिक स्कुटर...

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...

नेपाल भित्रिदै थ्रीएन ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

नेपाल भित्रिदै थ्रीएन ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

नेपाली बजारमा थ्रीएन कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल भित्रिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...