सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज
इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर...
कठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इकोबिटका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको ग्लोबल सेभेन प्रालिले मनसुन अफर ल्याएको छ । करिब ७ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षक छन् ।
मनसुन अफर अन्तर्गत इकोबिट ब्रान्डका हरेक मोडेलमा २१ हजार रुपैयाँ छुट व्यवस्था गरिएको कम्पनीको भनाइ छ । साथै एक बर्षको कर र बिमा समेत कम्पनीले नै गरिदिने तथा हरेक स्कुटरको साथमा एउटा हेलमेट निःशुल्क उपलब्ध हुनेछ ।
यो अफर यही असार मसान्त सम्म लागु गरिने बताइएको छ । हाल नेपाली बजारमा इकोबिट ब्रान्डका विभिन्न ५ मोडलका स्कुटरहरु बजारमा उपलब्ध छन्
आर३
३००० वाट क्षमताको हब मोटर जडित यो मोडलमा ६० भोल्ट २६ एएचका डबल लिथियम आयोन ब्याट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल ब्याट्रीमा ३ लाख ८० हजार रुपैयाँ राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा ३ लाख ५९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
आर३ प्रो
४००० वाट क्षमताको साइड मोटर जडित यो मोडलमा ७२ भोल्ट ३२ एएचका डबल लिथियम आयोन ब्याट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल ब्याट्रीमा ५ लाख ३० हजार रुपैयाँ तथा सिंगल ब्याट्रीमा ४ लाख ३० हजार रुपैयाँ तोकिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ५ लाख ९ हजार र ४ लाख ९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
भ्याक्स
३००० वाट क्षमताको मोटर जडित यो मोडलमा ७२ भोल्ट २० एएचका लिड एसिड ब्याट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य २ लाख १ हजार रुपैयाँ राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा १ लाख ८० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
ई–रेट्रो स्टार
२००० वाट क्षमताको मोटर जडित यो मोडलमा ४८ भोल्ट २६ एएचका लिथियम आयोन ब्याट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल ब्याट्रीमा ३ लाख ३४ हजार र सिंगल ब्याट्रीमा २ लाख २५ हजार रुपैयाँ राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः ३ लाख १३ हजार र २ लाख ४ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
किड्स बाइक १.०
५०० वाट क्षमताको मोटर जडित यो मोडलमा ४८ भोल्ट ८ एएचका लिड एसिड ब्याट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ४० किलोमिटरसम्म चलाउन सकिन्छ । यो किड डर्ट बाइकको मुल्य १ लाख ७५ हजार रुपैयाँ राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा १ लाख ५५ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर...
काठमाडौं – सरिना जी ट्रेड प्रालिले ईभी ट्याक्सी हस्तान्तरण गरेको छ ।...
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...