नेपाल भित्रियो ठूलो ब्याट्री र थप विशेषता सहितको नयाँ टाटा पन्च ईभी, नाइमा एक्सपोमा प्रदर्शन हुने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको फेसलिफ्ट संस्करण अर्थात नयाँ पन्च ईभी नेपाल भित्र्याएको छ । कम्पनीले यसको वारेमा औपचारिक जानकारी नदिए पनि यसको सडकमा परीक्षण भइरहेको पाइएको छ ।

भारतमा गत फागनु महिनामा २०२६ मोडलको सो ईभी लन्च गरिएको थियो । अब नेपालमा आगामी साउन २६ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सो ईभी प्रदर्शन हुनेछ । नेपालमा टाटा पन्च ईभी पहिले पनि उपलब्ध थियो । अब भने अझै सुधारका साथ सो ईभी उपलब्ध हुनेछ ।

नयाँ पन्च ईभीको ब्याट्री क्षमता पहिले भन्दा थप भएको छ । नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छन्। यो भन्दा पहिले २५ र ३५ किलोवाट आवरका ब्याट्री थिए । ३० किलोवाट आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज २८० किलोमिटर रहेको छ भने वास्तविक सडक अवस्थामा ३६५ किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ। ४० किलोवाट आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज ४६८ किलोमिटर र वास्तविक प्रयोगमा ३३५ देखि ३५५ किलोमिटरको बीचमा रहने बताइएको छ।

नयाँ पन्च ईभी फेसलिफ्टमा शक्तिशाली मोटर जडान गरिएको छ, जसले ० देखि १०० किमी प्रतिघण्टा गति केवल ९ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा ३ ड्राइभ मोड र ४ स्तरको रिजेनेरेटिभ ब्रेकिङ सुविधा दिइएको छ। १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएम वाटर वेडिङ क्षमता भएकाले खराब सडक तथा पानी जमेको क्षेत्रमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने दाबी गरिएको छ ।

कम्पनीले प्रयोगकर्ताको ‘रेन्ज एन्जायटी’ कम गर्ने उद्देश्यले यी सुधार ल्याएको जनाएको छ। चार्जिङ क्षमतामा पनि उल्लेखनीय सुधार गरिएको छ। डीसी फास्ट चार्जर प्रयोग गर्दा गाडीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीको दाबी छ। साथै, केवल १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटरको रेन्ज प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। देशभर चार्जिङ पूर्वाधार विस्तार भइरहेको पनि कम्पनीले जनाएको छ।

यसमा एलईडी हेडलाइट र डीआरएल, कनेक्टेड एलईडी टेलल्याम्प, १६ इन्चसम्मका अलोय ह्विल जस्ता आकर्षक फिचर समावेश छन्। इन्टेरियरमा प्रिमियम डुअल–टोन ड्यासबोर्ड, फ्रन्ट भेन्टिलेटेड लेदरेट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, बिग डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायर जस्ता आधुनिक सुविधा दिइएको छ।

सुरक्षाका दृष्टिले नयाँ पन्च ईभीलाई उच्च प्राथमिकता दिइएको छ। यसमा हिल होल्ड असिस्ट, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र आइसोफिक्स चाइल्ड माउन्ट जस्ता स्ट्यान्डर्ड फिचर उपलब्ध छन्। साथै, ३६० डिग्री क्यामेरा सिस्टमले पार्किङ र सघन ट्राफिकमा थप सहजता प्रदान गर्छ।

समग्रमा, नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट आकर्षक डिजाइन, सुधारिएको रेन्ज, फास्ट चार्जिङ, उन्नत प्रविधि र लाइफटाइम ब्याट्री वारेन्टीसहित उपलब्ध भएको छ । नेपालमा उपलब्ध हुने विभिन्न भेरिएन्ट र फिचर तथा मूल्यको वारेमा कम्पनीले औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...