होजोन अटोले जुटायो ठूलो लगानी, अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य
काठमाडौं– चिनियाँ कार निर्माता होजोन अटो(नेटा) ले ६ अर्ब युआन (८१८.८ मिलियन...
टाटा मोटर्सले आफ्नो पोर्टफोलियो तीव्र गतिमा बढाउन थालेको छ । कम्पनीले आगामी २–३ वर्ष भित्र धेरै इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । ती मध्ये टाटा मोटर्सले टाटा पन्च इलेक्ट्रिक कार चाँडै नै लन्च गर्ने भएको छ ।
हाल टाटा मोटर्सको नेक्सन ईभीसँगै टिगोर ईभी पनि बिक्री भइरहेको छ र आगामी दिनमा अल्ट्रोज ईभीसँगै कम्पनीले टाटा पन्च ईभी पनि लन्च गर्ने योजना बनाएको छ ।
मिडिया रिपोर्टका अनुसार नयाँ टाटा पन्च ईभीमा नेक्सन ईभी र टिगोर ईभीमा जस्तै जिप्ट्रोन टेक्नोलोजी हुनेछ र सो इलेक्ट्रिक एसयूभीमा ५५ किलोवाट इलेक्ट्रिक मोटर र २६ किलोवाट लिथियम आयोन ब्याट्री हुने अपेक्षा गरिएको छ ।
सो इन्जिनले ७४ बीएचपी अर्थात ५५ किलोवाट पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । सो इलेक्ट्रिक ब्याट्रीले ३०० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ र यसलाई फास्ट चार्जिङ फिचरसहित लन्च गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले आगामी टाटा पन्च इलेक्ट्रिक कार १० लाख भारु मूल्यमा लन्च गर्नेछ । टाटा मोटर्सको पन्च ईभीको बारेमा थप विवरण पछि खुलासा गरिनेछ ।
काठमाडौं– चिनियाँ कार निर्माता होजोन अटो(नेटा) ले ६ अर्ब युआन (८१८.८ मिलियन...
काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले...
चाइनिज न्यु इनर्जी भेइकल निर्माता कम्पनी बीवाईडीले सन् २०२४ मा याङवाङ यु९...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...