अटो शोमा सार्वजनिक भयो टियागो ईभी, मूल्य २२ लाखदेखी शुरु
काठमाडौं – टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा...
टाटा मोटर्सले सन् २०२१ मा ल्याएको माइक्रो एसयूभी टाटा पन्चले छोटो समयमै ठूलो सफलता हात पार्दै नयाँ इतिहास रचेको छ। कम्पनीका अनुसार, टाटा पन्चले चार वर्षमै ६ लाख युनिट उत्पादनको रेकर्ड कायम गरेको छ। अक्टोबर २०२१ मा पहिलो पटक लन्च गरिएको सो कार सन् २०२४ मा भारतको सबैभन्दा बढी रोजाइमा पर्ने एसयूभी बन्न सफल भएको छ।
टाटा मोटर्सका प्यासेन्जर इलेक्ट्रिक भेइकल सेगमेन्टका प्रमुख वाणिज्य अधिकृत विवेक श्रीवत्सले टाटा पन्चलाई नयाँ भारतको आत्मनिर्भरता र निडरताको प्रतीकको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, ६ लाख युनिट उत्पादनको उपलब्धि केवल एक संख्यात्मक लक्ष्य होइन, तर यो ६ लाखभन्दा बढी भारतीय ग्राहकहरूको भरोसाको पुनः पुष्टि हो, जसले टाटा पन्चलाई आत्मविश्वास, उपस्थिति र नयाँ सुरुवातको प्रतीकका रूपमा रोजे।
टाटा पन्चले डिजाइन, फिचर र सेफ्टी फिचर तीनवटै पक्षमा सन्तुलन कायम राखेको छ। सो एसयूभीमा एलईडी डीआरएल, प्रोजेक्टर हेडलाइट, शार्क फिन एन्टेना, ९० डिग्रीसम्म खोलिने ढोका, सिंगल पेन सनरुफ, १६ इन्च अलोय ह्विल, ड्युअल टोन ड्यासबोर्ड, अटो एसी, रियर एसी भेन्ट, कुल्ड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर उपलब्ध छ । साथै एबीएस, ईबीडी, ड्युअल एयरब्याग, ईएसपी, इलेक्ट्रोनिक ब्रेक, रियर पार्किङ सेन्सर, स्पिड अलर्ट र आईसाेफिक्स जस्ता सेफ्टी फिचर उपलब्ध छ ।
सो कारकाे मूल्य १० लाख ३१ हजार भारुदेखि सुरु हुन्छ। छोटो समयमा व्यापक लोकप्रियता हासिल गर्दै टाटा पन्चले भारतीय एसयूभी बजारमा आफ्नो दबदबा कायम गर्न सफल भएको छ । याे गाडी नेपाली बजारमा पनि उपलब्ध छ ।
काठमाडौं – टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा...
पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित...
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...