टाटाको कर्भ सिरिज एक्स लन्च, कुल १० भेरियन्टमा उपलब्ध हुने
टाटा मोटर्सले आफ्नो लोकप्रिय कर्भ एसयूभीको नयाँ सिरिज एक्स लन्च गरेको छ।...
काठमाडौं–भारतीय कार बजारमा टाटा मोटर्सले ऐतिहासिक सफलता हात पारेको छ । अगस्ट २०२६ को बिक्री तथ्यांकका आधारमा टाटाको लोकप्रिय कम्प्याक्ट एसयूभी पन्च मारुती सुजुकीका चर्चित मोडललाई पछि पार्दै सर्वाधिक बिक्री हुने गाडी बन्न सफल भएको छ ।
गत अगस्ट महिनामा टाटा पन्चले कुल २१ हजार ३२० युनिट बिक्री दर्ता गर्दै पहिलो स्थान हासिल गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १० हजार ७०४ युनिट बिक्री भएकोमा यस वर्ष यसको बिक्री झन्डै दोब्बर अर्थात् ९९ प्रतिशतले बढेको छ ।
शीर्ष १० भित्र मारुती सुजुकीका वेगनर (२०,१८० युनिट), स्विफ्ट (१९,८३२ युनिट) र फ्रंक्स (१८,७३० युनिट) लगायत ६ वटा मोडलहरू परे पनि टाटा पन्चले ती सबैलाई उछिन्दै बजारमा शीर्ष स्थान कब्जा गरेको हो । साथै, टाटाको अर्को मोडल नेक्सन पनि १८ हजार ४३१ युनिट बिक्रीसहित छैटौँ स्थानमा परेको छ ।
टाटा पन्च शीर्ष स्थानमा पुग्नुका पछाडि यसको आकर्षक एसयूभी डिजाइन, अग्लो सिटिङ पोसिजन र उत्कृष्ट सेफ्टी रेटिङ मुख्य कारण मानिएका छन् । कम बजेटमा सुरक्षित र भरपर्दो पारिवारिक गाडी खोज्ने ग्राहकका लागि यो पहिलो रोजाइ बनेको छ ।
यसका साथै पेट्रोल, सीएनजी र इलेक्ट्रिक गरी तीनवटै भेरियन्टमा उपलब्ध हुनुले पनि यसको बिक्री बढाउन ठूलो भूमिका खेलेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...