पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दावी गरेको छ ।

बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरी १०० युनिट भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ । कम्पनीले केही दिन अघिबाट टाटा पन्च ईभीको प्रि–बुकिङ सुरु गरिसकेको थियो ।
टाटा पन्च ईभी शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ ।

सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती भन्छन्, ‘टाटा पन्च ईभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहना अनुसारको गाडीहरु ल्याउन सफल भएको छ र पन्च ईभीको समेत सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौ । गत वर्ष नाडाबाटै बिक्री सुरु गरिएको टियागो ईभी नेपालको सर्बाधिक बिक्री हुने ईभी ह्याचब्याक बन्न सफल भएको थियो र पन्च ईभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौ ।’

यसका साथै टाटा ईभी नाडा अटो शो २०२४ मा टियागो ईभीको हरेक बुकिङमा ग्राहकहरुले जोडीको लागि थाइल्यान्ड यात्रा गर्न पाउनुका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एसेसरिज समेत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

नयाँ वर्षको अवसरमा याडिया इलेक्ट्रिक स्कुटरमा १० हजार छुट

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

विश्वमै तहल्का मच्चाउने गरी अगाडि बढिरहेको इलेक्ट्रिक भेइकल बजारमा...

चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ

चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...