सिप्रदीयन सहायता संस्थाद्वारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण
काठमाडौं – टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट...
काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दावी गरेको छ ।
बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरी १०० युनिट भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ । कम्पनीले केही दिन अघिबाट टाटा पन्च ईभीको प्रि–बुकिङ सुरु गरिसकेको थियो ।
टाटा पन्च ईभी शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ ।
सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती भन्छन्, ‘टाटा पन्च ईभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहना अनुसारको गाडीहरु ल्याउन सफल भएको छ र पन्च ईभीको समेत सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौ । गत वर्ष नाडाबाटै बिक्री सुरु गरिएको टियागो ईभी नेपालको सर्बाधिक बिक्री हुने ईभी ह्याचब्याक बन्न सफल भएको थियो र पन्च ईभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौ ।’
यसका साथै टाटा ईभी नाडा अटो शो २०२४ मा टियागो ईभीको हरेक बुकिङमा ग्राहकहरुले जोडीको लागि थाइल्यान्ड यात्रा गर्न पाउनुका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एसेसरिज समेत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
काठमाडौं – टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट...
चिनियाँ कार निर्माता कम्पनी एइटोले आफ्नो नयाँ एइटो एम८ ईआरईभी एसयूभी...
एक प्रतिवेदनका अनुसार २०३० सम्ममा विश्वमा बिक्री हुने सवारी साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...