टाटा मोटर्स फेरि पनि नम्बर १ : सर्बाधिक बिक्री हुने एसयूभी बन्यो टाटा नेक्सन

भारतीय बजारमा टाटा मोटर्स फेरि पनि नम्बर वान बन्न सफल भएको छ । कम्पनीले अन्य ब्रान्डलाई पछाडि पारेर आफु शीर्ष स्थानमा रहन सफल भएको हो । पछिल्ला केही महिना टाटा मोटर्स प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गईरहेको छ ।

टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन टाटा नेक्सनको महत्वपूर्ण भूमिका छ । टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको छ र नेपालमा समेत यसले ग्राहकहरुको मन जित्न सफल भएको नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको भनाइ छ ।

बिक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै बिक्री हुने एसयूभी भएको हो । टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ ।

टाटा मोटर्सले १३ हजार ८१६ युनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको छ भने किया सेल्टोस ११ हजार ४८३ युनिट सहित दोस्रो स्थानमा छ भने हुन्डाई भेन्यु ११ हजार ३७७ युनिट सहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी पन्च परेको छ । लन्च भएको ५ महिनाकै अवधिमा १० हजार २७ युनिट पन्च बिक्री भएको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ युनिट सहित पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ युनिट र सातौ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ युनिट बिक्री भएको छ ।

सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ युनिट, महिन्द्रा एक्सयूभी ३०० ले ४ हजार ५५० युनिट र महिन्द्रा एक्सयूभी ७०० ले ४ हजार ११९ युनिट बिक्री भएका छन् ।

सम्बन्धित समाचारहरू

अब इटहरीमा पनि टाटा म्याजिक बीएस६, गरियो भव्य लन्च

अब इटहरीमा पनि टाटा म्याजिक बीएस६, गरियो भव्य लन्च

इटहरी – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

काठमाडौं – सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग यातायात...

नेपाल आउने प्रतिक्षमा दुई ‘वेवी’ एसयूभी, यस्तो छ मूल्य, पावर र फिचर्स

नेपाल आउने प्रतिक्षमा दुई ‘वेवी’ एसयूभी, यस्तो छ मूल्य, पावर र फिचर्स

नेपाल र भारत दुवै बजारमा पछिल्लो समय साना एसयुभीको माग बढिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...