टाटा नेक्सन बन्यो एसयूभी सेग्मेन्टमा नम्बर १ बिक्री हुने कार, यस्तो छ सूची

एसयूभी कारको लोकप्रियता लगातार बढिरहेको छ । जसका कारण कार निर्माताहरूले बजारमा हरेक सेग्मेन्टका एसयूभी लन्च गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् । बजारमा एसयूभीको बिक्री हरेक महिना बढिरहेको छ । डिसेम्बर २०२१ मा एसयूभी सेगमेन्टको बिक्रीमा धेरै परिवर्तन आएको छ, पुरा विवरण यस्तो छ ः

१. टाटा नेक्सन
डिसेम्बर २०२१ मा सबैभन्दा बढी बिक्री हुने एसयूभीको सूचीमा टाटा मोटर्सको कम्प्याक्ट एसयूभी टाटा नेक्सनले पहिलो स्थान हासिल गरेको छ । कम्पनीले डिसेम्बर २०२१ मा यस कारको १२ हजार ८९९ युनिट बिक्री गरेको छ, जबकि गत वर्षको डिसेम्बरमा सो कार ६ हजार ८३५ युनिट बिक्री भएको थियो । यो वर्ष यसको बिक्रीमा ८९ प्रतिशतले बढेको छ ।

२. हुन्डाई भेन्यु
हुन्डाई मोटरको कम्प्याक्ट एसयूभी हुन्डाई भेन्यूले सूचीमा दोस्रो स्थान हासिल गरेको छ । गत महिना यो कारको कुल १० हजार ३६० युनिट बिक्री भएको थियो भने गत वर्षको डिसेम्बरमा कम्पनीले १२ हजार ३१३ युनिट बिक्री गरेको थियो । यस वर्षको डिसेम्बरमा यसको बिक्रीमा १६ प्रतिशतले घटेको छ ।

३. मारुती सुजुकी भिटारा ब्रेजा
मारुती सुजुकीको कम्प्याक्ट एसयूभी मारुती सुजुकी भिटारा ब्रेजाले सूचीमा तेस्रो स्थान हासिल गरेको छ । डिसेम्बर २०२१ मा कम्पनीले यस कारको ९ हजार ५३१ युनिट बिक्री गरेको छ, जबकि गत वर्ष कम्पनीले यस कारको १२ हजार २५१ युनिट बिक्री गरेको थियो । यो वर्ष यसको बिक्रीमा २२ प्रतिशतले घटेको छ ।

४. टाटा पन्च
डिसेम्बर २०२१ मा एसयूभी सेगमेन्टमा टाटा मोटर्सको माइक्रो एसयूभी टाटा पन्चले निकै प्रभाव पारेको छ । यो माइक्रो एसयूभीले डिसेम्बरको एसयूभी बिक्री चार्टमा शीर्ष ४ मा स्थान बनाएको छ । गत महिना कम्पनीले टाटा पन्चका ८ हजार ८ युनिट बिक्री गरेको थियो ।

५. हुन्डाई क्रेटा
हुन्डाई क्रेटा डिसेम्बर २०२१ को एसयूभी सेगमेन्ट बिक्री चार्टमा टप ५ मा पर्न सफल भएको छ । गत महिना कम्पनीले यो कारको ७ हजार ६०९ युनिट बिक्री गरेको थियो भने गत वर्षको सोही महिनामा कम्पनीले १० हजार ५ सय ९२ युनिट कार बिक्री गरेको थियो । यो वर्ष यसको बिक्री २८ प्रतिशतले घटेको छ ।

६. महिन्द्रा एक्सयूभी३००
सूचीमा छैठौ स्थानमा महिन्द्रा एण्ड महिन्द्राको कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० रहेको छ । कम्पनीले डिसेम्बर २०२१ मा यस कार ४ हजार २६० युनिट बिक्री गरेको छ भने गत वर्षको डिसेम्बर महिनामा कम्पनीले ३ हजार ९७४ युनिट बिक्री गरेको थियो । यो वर्ष यसको बिक्रीमा ७ प्रतिशतले बढेको छ ।

७. किया सेल्टोस
सूचीमा सातौं स्थानमा किया इन्डियाको किया सेल्टोस रहेको छ । कम्पनीले गत महिना कुल ४ हजार १२ युनिट कार बिक्री गरेको थियो भने अघिल्लो वर्षको सोही महिनामा कम्पनीले ५ हजार ६०८ युनिट कार बिक्री गरेको थियो । यो वर्ष सो कारको बिक्रीमा २८ प्रतिशतले घटेको छ ।

८. महिन्द्रा एक्सयूभी७००
महिन्द्रा एण्ड महिन्द्राको पछिल्लो एसयूभी महिन्द्रा एक्सयूभी७०० ले सूचीमा फेरबदल गरेको छ । महिन्द्रा एक्सयूभी७०० उत्कृष्ट १० एसयूभीको बिक्री सूचीमा आठौं स्थानमा छ । कम्पनीले डिसेम्बर २०२१ मा यस कारका कुल ३ हजार ९८० युनिट बिक्री गरेको छ ।

सम्बन्धित समाचारहरू

टाटाले जीपजस्तै अफरोड एसयूभी ल्याउने, थार र जिम्नीलाई चुनौती

टाटाले जीपजस्तै अफरोड एसयूभी ल्याउने, थार र जिम्नीलाई चुनौती

टाटा मोटर्सले हालै नेक्सन, हेरियर ईभी, पन्च ईभी र कर्भ कुप जस्ता इलेक्ट्रिक...

चर्चामा टाटाको नयाँ टिजर, अप्रिल ६ मा नयाँ इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरिदै

चर्चामा टाटाको नयाँ टिजर, अप्रिल ६ मा नयाँ इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरिदै

टाटा मोटर्सले एक पटक फेरि इलेक्ट्रिक भेइकलमा हलचल मच्चाउने तयार गर्दैछ ।...

आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर

आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...