नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा समेत सो ईभी भित्र्याएर चर्चा बटुलेको थियो ।

नेपालमा समेत कुनै समयमा टाटा नेक्सन ईभीको डेलिभरी पाउन समेत लामो समय कुर्नु पर्ने अवस्था थियो । करिव एक वर्ष पश्चात मात्र ग्राहकले डेलिभरी पाउन सक्ने अवस्था समेत थियो । नेपाली बजारमा समेत यसको माग निरन्तर रुपमा बढिरहेको र माग अनुसार नेपाली बजारमा उपलब्ध गराउन नसकेको कारण सो अवस्था आएको थियो । नेपाल वाहेक भारतका साथै अन्य बजारमा समेत गाडी उपलब्ध गराउनु पर्ने भएकाले माग अनुसार उत्पादन हुन नसक्नु स्वाभाविक थियो ।

सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो । जुन नेपाली सडकका लागि उपयुक्त छ । त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने विशेषताका कारण समेत यो एसयूभीको चर्चा चुलिंदो छ ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन ईभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको थियो । नेपाली बजारमा सो एसयूभी २०७८ साउनमा सार्वजनिक गरिएको थियो र त्यसको केही समय पछि बिक्री प्रारम्भ भएको थियो ।

टाटा मोटर्सले त्यसपछि नेपाली बजारमा टाटा टियागो ईभी उपलब्ध गरायो भने हालै भित्र्याएको टाटा पन्च ईभीको चर्चा बढ्दो छ । यो अवस्थामा नेक्सन ईभी भन्दा कम मूल्यका यी ईभीले चर्चा पाएका छन् । यसकारण हाल नेपाली बजारमा सिप्रदीले टाटा नेक्सन ईभी म्याक्स मात्र बिक्रीका लागि वेबसाइटमा राखेको छ ।

तर हालै नेक्सन ईभी अपग्रेड भएर आउने समाचारले फेरि धेरैको ध्यान खिचेको छ । नेक्सन ईभी अब नयाँ ४५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुने भएको छ । यस अघि ३० र ३५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध थियो ।

टाटाले पहिलो पटक नेक्सन ईभीमा पानारोमिक सनरुफको प्रयोग गरेको छ । टाटाले ब्याट्री र फिचर थप गरेर ल्याएको नेक्सन ईभीको मूल्य भारतमा ६० हजारले घटाएको हो ।

टाटा मोटर्सका अनुसार नयाँ ब्याट्रीमा यसअघिको तुलनामा १५ प्रतिशत बढी इनर्जी डेन्सीटी छ । साथै, फास्ट चार्जर सपोर्टको मामलामा पनि उत्कृष्ट छ । नयाँ ४५ किलोवाट आवरको ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल ४८ मिनेट लाग्नेछ ।

यसबाट आगामी दिनमा फेरि नेक्सन ईभी धेरैको रोजाइमा पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल, लिन सकिन्छ ५ लाख सम्मको लाभ

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल, लिन सकिन्छ ५ लाख सम्मको लाभ

काठमाडौं – नेपालमा ह्यावल, पावर र ओरा लगायत ग्रेटवाल मोटर अर्थात...

चितवनमा नामी सार्वजनिक, चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

चितवनमा नामी सार्वजनिक, चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

चितवन – नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एएमएडब्लू वृद्धिले चितवनमा...

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा प्रवेश गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...