नयाँ डिजाइन र सुविधासहित टाटा नानो २०२५ मा पुनः आगमन हुँदै

टाटा समूहले आफ्नो लोकप्रिय कार टाटा नानोलाई २०२५ मा पुनः बजारमा ल्याउने योजना बनाएको छ। यो नयाँ नानो किफायती मूल्य र आधुनिक सुविधाको साथ आउने अनुमान गरिएको छ। विशेष गरी उत्कृष्ट माइलेज र सुरक्षित डिजाइनका कारण सो कार मध्यम वर्ग र पहिलो पटक कार किन्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्छ।

टाटा नानोले प्रति लिटर ४० किलोमिटरको माइलेज दिनसक्ने बताइएको छ । टाटा समूहका अध्यक्ष रतन टाटाले २००८ मा पहिलो पटक सो कार सस्तो मूल्यमा कम आय भएका मानिसहरूको लागि ल्याएका थिए जसले ठूलो लोकप्रियता पायो।

नयाँ टाटा नानोको डिजाइन प्रिमियम ह्याचब्याक जस्तै हुनेछ र यसको लम्बाइ करिब ३.१ मिटर मात्र हुनेछ। यसमा हेक्सागोनल फ्रन्ट ग्रिल, एलईडी हेडलाइट, डेटाइम रनिङ लाइट, बोल्ड अलोय ह्विल र नयाँ कलर अप्सन समावेश हुनेछ।

नयाँ नानोमा ६२४ सीसी ट्विन-सिलिन्डर पेट्रोल इन्जिन रहनेछ जसले लगभग ३८ पीएस पावर र ५१ एनएम टर्क दिनेछ। ट्रान्समिसनका लागि ५ स्पिड म्यानुअल र अटोमेटिक म्यानुअल ट्रान्समिसन विकल्प उपलब्ध हुनेछ। सो कार पछि टर्बो-पेट्रोल, सीएनजी र इलेक्ट्रिक भेरिएन्टमा पनि ल्याउने योजना छ, जसमा इलेक्ट्रिक मोडलले २५० किलोमिटर यात्रा गर्न सक्नेछ।

यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ड्राइभर क्लस्टर, स्टेयरिङमा अडियो कन्ट्रोल, ब्लुटुथ, यूएसबी, पावर विन्डोज र सेन्ट्रल लकिङ उपलब्ध हुनेछ। साथै, सनरुफ र आरामदायी रिक्लाइनिङ फ्रन्ट सिट पनि हुनेछ । सेफ्टीका लागि यसमा ४ वटा एयरब्याग, ईबीएससहित एबीएस, आईसोफिक्स चाइल्ड सिट माउन्ट, रियर पार्किङ सेन्सर र क्यामेरा, सिटबेल्ट रिमाइन्डर, ईएससी र साइड इम्प्याक्ट बीम जस्ता महत्वपूर्ण सेफ्टी फिचर हुनेछ ।

नयाँ नानोको मूल्य २ लाख ८० हजार भारु र इलेक्ट्रिक भेरिएन्टको मूल्य ५ लाखदेखि ७ लाख भारुसम्म हुने अनुमान छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...