टाटा मोटर्सको बम्पर लक्की ड्र विजेता घोषित, ४३ जनाले पाए आकर्षक उपहार

काठमाडौं - टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले फेस्टिभल अफरको रुपमा आयोजना गरेको बम्पर लक्की ड्र को विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ । दसैं र तिहार अफरको रुपमा “आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हात खाली” भन्दै सो अफर आयोजना गरिएको थियो ।

योजना अनुरुप गत माघ ३ गते सोमबार टाटा मोटर्स ट्रक एण्ड बसेस् नेपालको आधिकारिक फेसबुक पेजमार्फत लाइभ लक्की ड्र कार्यक्रम गरी विजेता घोषणा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी गराएको छ ।

देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको सो योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।

विजेताहरू मध्ये सामसुङ ट्याव एस सेभेन एफ इ ११ जनालाई, एलजी डवल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ्ग मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जनालाई र एमआई ६५ इन्च फोरके टिभी ७ जनालाई प्रदान गरिएको छ ।

सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजन बाबू श्रेष्ठले योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताउदै आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न सुविधा सहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले...

टाटा नेक्सनले पायो फाइभ स्टार सेफ्टी रेटिङ, सेफ्टीका लागि सबैभन्दा उत्कृष्ट कार सावित

टाटा नेक्सनले पायो फाइभ स्टार सेफ्टी रेटिङ, सेफ्टीका लागि सबैभन्दा उत्कृष्ट कार सावित

सुरक्षाका हिसाबले कारको सेफ्टी परिक्षण हुनु आवश्यक छ । कारको सुरक्षा जाँच...

नयाँ टाटा सफारी अब नेपालमा, मूल्य ८१ लाख ९९ हजार

नयाँ टाटा सफारी अब नेपालमा, मूल्य ८१ लाख ९९ हजार

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...