टाटाको नयाँ इलेक्ट्रिक एसयूभी परीक्षणका क्रममा देखियो, सन् २०२७ मा लन्च हुने सम्भावना
टाटा मोटर्सको लग्जरी इलेक्ट्रिक एसयूभी अभिन्या एक्स भारतीय सडकमा...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी आज देखि “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”आयोजना गरेको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। सो क्याम्प आगामी आइतबार सम्म चल्ने छ ।
द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एसेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन्।
यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसीई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन्। ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रालिद्वारा प्रदान गरिनेछ ।
ग्राहकहरूले देश भर रहेका टाटा मोटर्सको शोरुममा पुगेर यस अवसरको लाभ लिन कम्पनी सक्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...