बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न कारणवश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।
यस अभियान अन्तर्गत टाटा कमर्सियल गाडीहरुको खरिदमा बिना धितो ६ प्रतिशत भन्दा कम ब्याजदरमा ७५ प्रतिशत सम्मको फाइनान्स सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाईएको छ ।
युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ यस अभियान सार्वजनिक गरिएको बताइएको छ । यस अन्तर्गत कंम्पनीले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सिर्जना गरी आर्थिक सम्वृद्धि हासिल हुने विश्वास लिएको कम्पनीले बताएको छ ।
यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्ने बताइएको छ । त्यसैगरी घर बसी बसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सक्ने समेत बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...