डिसेम्बरमा टाटा मोटर्स उक्लियो दोस्रो स्थानमा (शीर्ष १० कम्पनीको सूची र बिक्री संख्या)

डिसेम्बर २०२१ को अन्त्यसँगै भारतीय बजारमा कार निर्माताहरूले आफ्नो बिक्रीको तथ्याङ्क सार्वजनिक गरेका छन् । मारुती सुजुकी बिक्री चार्टमा शीर्ष स्थानमा रहेको छ, तर यो डिसेम्बर २०२१ मा दोस्रो र तेस्रो स्थानमा फेरबदल भएको छ । डिसेम्बर २०२१ का शीर्ष १० कार ब्रान्डहरूको यस्तो छ ः

१. मारुती सुजुकी
डिसेम्बर २०२१ मा मारुती सुजुकी इन्डियाले यो सूचीमा पहिलो स्थान कायम राखेको छ । डिसेम्बर २०२१ मा, मारुतीले १ लाख २३ हजार १६ युनिट कार बिक्री गरेको छ । गत वर्षको सोही महिनामा, कम्पनीले १ लाख ४० हजार ७५४ युनिट कार बिक्री गरेको थियो । यो वर्ष मारुती सुजुकीको बिक्रीमा १२.६० प्रतिशतले घटेको छ ।

२. टाटा मोटर्स
डिसेम्बर २०२१ मा बिक्री चार्टमा टाटा मोटर्स दोस्रो स्थानमा छ । टाटा मोटर्सले यो महिना हुन्डाई इन्डियालाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको छ । कम्पनीले यो महिना ३५ हजार २९९ कार बिक्री गरेको छ, जुन अघिल्लो वर्षको डिसेम्बरमा २३ हजार ५४५ युनिट थियो । यो वर्ष टाटा मोटर्सको बिक्री ४९.९२ प्रतिशतले बढेको छ ।

३. हुन्डाई मोटर
लामो समयपछि हुन्डाई मोटर इन्डियाले दोस्रो स्थानको ताज खोसिएको छ । हुन्डाईले डिसेम्बर २०२१ को बिक्री चार्टमा तेस्रो स्थान हासिल गरेको छ । गत महिना कम्पनीले ३२ हजार ३१२ कार बिक्री गरेको थियो भने गत वर्षको सोही महिनामा कम्पनीले ४७ हजार ४ सय कार बिक्री गरेको थियो । यो वर्ष कारको बिक्रीमा ३१.८३ प्रतिशतले घटेको छ ।

४. महिन्द्रा एण्ड महिन्द्रा
महिन्द्रा एण्ड महिन्द्राले यो सूचीमा चौथो स्थान हासिल गरेको छ । महिन्द्राले गत महिना १७ हजार ७२२ युनिट कार बिक्री गरेको छ भने गत वर्षको डिसेम्बरमा १६ हजार १८२ युनिट कार बिक्री गरेको थियो । यो वर्ष कम्पनीको बिक्रीमा ९.५२ प्रतिशतले बढेको छ ।

५. टोयोटा किर्लोस्कर मोटर
शीर्ष ५ को सूचीमा जापानी कार निर्माता कम्पनी टोयोटा किर्लोस्करले स्थान बनाएको छ । डिसेम्बर २०२१ मा कम्पनीले १० हजार ८३२ युनिट कार बिक्री गरेको छ भने गत वर्ष सोही महिनामा कम्पनीले ७ हजार ४८७ युनिट कार बिक्री गरेको थियो । कम्पनीको बिक्रीमा ४४.६८ प्रतिशतले वृद्धि भएको छ ।

६. होन्डा कार
यो सूचीमा होन्डा कार इन्डिया छैटौं स्थानमा परेको छ । सन् २०२१ को डिसेम्बरमा कम्पनीले ७ हजार ९७३ युनिट कार बिक्री गरेको छ भने गत वर्ष सोही महिनामा कम्पनीले ८ हजार ६३८ युनिट कार बिक्री गरेको थियो । यो वर्ष कम्पनीको बिक्री ७.७० प्रतिशतले घटेको छ ।

७. किया
दक्षिण कोरियाली कार निर्माता कम्पनी किया इन्डिया सूचीमा सातौं स्थानमा परेको छ । सन् २०२१ को डिसेम्बरमा कम्पनीले ७ हजार ७ सय ९७ युनिट कार बिक्री गरेको छ भने गत वर्षको डिसेम्बरमा ११ हजार ८ सय १८ युनिट कार बिक्री गरेको थियो । यो वर्ष कम्पनीको बिक्रीमा ३४.०२ प्रतिशतले कमी आएको छ ।

८. रेनो
रेनो इन्डियाले यो सूचीमा आठौं स्थान हासिल गरेको छ । गत महिना कम्पनीले ६ हजार १३० युनिट कार बिक्री गरेको छ भने गत वर्षको सोही महिनामा कम्पनीले ९ हजार ८ सय कार बिक्री गरेको थियो । यो वर्ष कम्पनीको बिक्रीमा ३७.४५ प्रतिशतले घटेको छ ।

९. फक्सवागन
फक्सवागन इन्डिया यो सूचीमा नवौं स्थानमा छ । गत महिना कम्पनीले ३ हजार ७ सय युनिट कार बिक्री गरेको छ भने गत वर्षको डिसेम्बरमा कम्पनीले २ हजार ४ सय १ युनिट कार बिक्री गरेको थियो । यो वर्ष कम्पनीको बिक्रीमा ५४.१० प्रतिशतले बढेको छ ।

१०. स्कोडा
स्कोडा अटो इन्डिया शीर्ष १० को सूचीमा अन्तिम स्थानमा रहेको छ । डिसेम्बर २०२१ मा कम्पनीले ३ हजार २ सय ३४ युनिट कार बिक्री गरेको छ भने गत वर्षको डिसेम्बर महिनामा कम्पनीले १ हजार ३०३ युनिट कार बिक्री गरेको थियो । यो वर्ष कम्पनीको बिक्री १४८.२० प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्चको नयाँ फिचर खुलासा : यस्तो आकर्षक हुनेछ फिचर

टाटा पन्चको नयाँ फिचर खुलासा : यस्तो आकर्षक हुनेछ फिचर

टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च...

मिडसाइज एसयूभी सेगमेन्टमा टाटा कर्भको हलचल, प्रतिद्वन्दीसँग मूल्य तुलना यस्तो

मिडसाइज एसयूभी सेगमेन्टमा टाटा कर्भको हलचल, प्रतिद्वन्दीसँग मूल्य तुलना यस्तो

टाटा मोटर्सले पञ्च र नेक्सन मार्फत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो...

दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने

दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...