बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बीएस६ मापदण्डयुक्त विभिन्न मोडलका गाडीहरुको प्रि–बुकिङ खुला गरेको छ।
कम्पनीले टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टियागो र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुला गरेको हो।
न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनका साथ ग्लोबल एनक्यापबाट सेफ्टी रेटिङमा फाइभ स्टार र फोर स्टार पाएका टाटाका गाडीहरुको प्रि(बुकिङ थालेको कम्पनीले जनाएको छ।
प्रि–बुकिङ गर्ने पहिलो एक सय ग्राहकहरुलाई बिभिन्न उपहारहरु पनि राखिएको कम्पनीले जनाएको छ । उपहार अन्तर्गत ग्राहकहरुले आइफोन १२, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क सर्भिसिङका साथै निःशुल्क जेन्युइन एसेसरिजहरु पाउन सक्ने कम्पनीले जनाएको छ ।
इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने कम्पनीले अपेक्षा गरेको छ ।
ग्लोबल एनक्यापको रेटिङ अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टियागो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन् ।
यी गाडीहरु अझै शक्तिशाली इन्जिन तथा उच्च भारवहन क्षमतासहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ ।
कम्पनीले देशका सबै टाटाको शोरुमहरुबाट प्रि–बुकिङको व्यवस्था मिलाएको पनि जानकारी दिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...