टाटाले ल्याउँदै छ माइक्रो एसयूभी एचबीएक्स

टाटाको माइक्रो एसयूभी टाटा एचबीएक्स (HBX) फेरि एकपटक परीक्षणमा देखा परेको छ । कम्पनीले यसको कन्सेप्ट भर्सन अटो एक्सपो २०२० सार्वजनिक गरेको थियो ।

अल्फा प्लेटफर्ममा आधारित हुने उक्त गाडीको तस्बिर हेर्दा ट्राई एरो स्टाइलिङ प्रयोग गरिएको छ ।

टाटा एचबीएक्स एक मिनी एसयुभी हो। गाडीको फाइनल मोडल यसको कन्सेप्ट मोडल जस्तै हुनेछ । एसयूभीको फ्रन्टमा स्प्लिट हेडल्याम्प, फ्ल्याट बोनट र ढोकामा प्लास्टिक क्लेडिङ छ। त्यस्तै पछाडि माउन्ट स्पोइलर, कन्सेप्ट कार जस्तो टेलगेट र कम्प्याक्ट टेललाइट हुनेछ।

गाडीको भित्री भाग पनि अटो एक्सपोमा देखिएको थियो। टाटाको यस एसयूभी भित्र फ्ल्याट बटम स्टेयरिङ ह्विल, पार्ट(डिजिटल ७ इन्च इन्स्ट्रयुमेन्ट कन्सोल, स्वचालित क्लाइमेट नियन्त्रण र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सहितको ७ इन्च फ्रि स्ट्यान्डिङ इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधा उपलब्ध छन् ।

टाटाको सानो एसयूभीमा १.२ लिटर,३ सिलिन्डर पेट्रोल इन्जिन छ । जुन टियागो र अल्ट्रोजमा समेत छ। यो इञ्जिनले ८५ बीएचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...