महिन्द्रा स्कर्पियोसंग प्रतिस्पर्धा गर्न टाटाले नयाँ एसयूभी ल्याउँदै, इलेक्ट्रिकमा पनि आउने

टाटा मोटर्सले भारतको एसयूभी बजारमा नयाँ आयाम थप्दै स्कारलेट कोडनेम भएको नयाँ कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । महिन्द्रा स्कर्पियो र बोलेरोजस्ता लोकप्रिय गाडीसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले लन्च गर्न लागिएको सो नयाँ मोडल टाटाको एसयूभी पोर्टफोलियोमा महत्त्वपूर्ण कोशेढुङगा सावित हुने अपेक्षा गरिएको छ।

नयाँ स्कारलेटको डिजाइन सिएराको डिजाइनसँग मिल्दोजुल्दो हुनेछ । हालसम्म टाटाले स्कारलेटबारे आधिकारिक रूपमा धेरै जानकारी नदिए पनि यसमा धेरै पावरट्रेन विकल्प हुने अनुमान गरिएको छ। साथै टाटाले स्कारलेटको अल-इलेक्ट्रिक भेरिएन्ट पनि ल्याउने योजना बनाइरहेको छ ।

स्कारलेटको मूल्य लगभग नेक्सन समान हुने अनुमान गरिएको छ। हाल नेक्सनको मूल्य आईसीई भेरिएन्टका लागि ८ लाखदेखि १५ लाख भारु र ईभी भेरिएन्टका लागि १२ लाख ४९ हजारदेखि १७ लाख १९ हजार भारु रहेको छ।

स्कारलेटसँगै टाटाले आफ्नो इलेक्ट्रिक गाडीको लाइनअपलाई थप विस्तार गर्दैछ। कम्पनीले दुईवटा नयाँ सब-४-मिटर अल-इलेक्ट्रिक मोडल कुनो र टेरा ल्याउने  तयारीमा छ। सो नयाँ मोडल टाटाले ईभी सेगमेन्टमा लन्च गर्नेछ । साथै हरेक सेगमेन्टमा इन्ट्री लेवल, मिड लेवल र प्रिमियम लेवलमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यद्यपि स्कारलेट बजारमा आउन अझ केही समय लाग्नेछ ।

सम्बन्धित समाचारहरू

सस्तो मूल्यमा सुजुकी, टाटा र हुन्डाईले नयाँ एसयूभी लन्च गर्ने

सस्तो मूल्यमा सुजुकी, टाटा र हुन्डाईले नयाँ एसयूभी लन्च गर्ने

ग्राहकहरु माझ कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहेको छ । सस्तो र कम मर्मत...

नेपालमा पहिलोपटक लन्च भयाे ‘टाटा अल्ट्रा ग्रिज’

नेपालमा पहिलोपटक लन्च भयाे ‘टाटा अल्ट्रा ग्रिज’

काठमाडौं – टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स र टाटा मोटर...

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...