सिप्रदीले हस्तान्तरण ग-यो १० टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस, दिल्ली रुटमा चल्ने
काठमाडाैं – नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता...
टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ । नेक्सनको डिजेल र पेट्रोल दुबै मोडलमा मूल्य बृद्धि भएको हो । यो एसयुभीमा उसले १५ हजार भारुसम्म बृद्धि गरेको छ । सन् २०२१ को नोभेम्बर महिनामा समेत टाटाले यो एसयुभीमा मूल्य बृद्धि गरेको थियो ।
कम्पनीले पेट्रोल गाडीमा ५ हजारदेखी १३ हजार भारुसम्म र डिजेलमा ५ हजारदेखी १५ हजार भारुसम्म बृद्धि गरेको छ । सबैभन्दा बढी एक्सएम एस भेरियन्टमा १५ हजार भारुले मूल्य बृद्धि गरिएको हो ।
डिजेलमा कुल १८ र पेट्रोलमा २१ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य भारतमा ७ लाख ३९ हजारदेखी १३ लाख ३४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । नेपाली बजारमा समेत निकै नै रुचाइएको यो एसयुभीको मूल्य ४० लाख ३० हजार रुपैयाँदेखी ५३ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
नेपालमा यसको पेट्रोल इन्जिनमा कुल ७ वटा भेरियन्ट मात्र उपलब्ध रहँदै आएको छ । नेपाली बजारमा नेक्सनको पेट्रोल मोडलमात्र उपलब्ध रहेका कारण आगामी दिनमा यो एसयुभीको मूल्य ५० हजार रुपैंयाँ हाराहारीसम्मले बृद्धि हुने देखिएको छ ।
भारतमा यसअघि मारुती सुजुकी, टोयोटा, फक्सवागन, हुन्डाई, महिन्द्रा, स्कोडा, एमजी र इसुजु लगायत ब्रान्डले आफ्ना कारको मूल्य बृद्धि गरिसकेका छन् भने बाँकी ब्रान्डले समेत केहि दिनभित्रै मूल्य बढाउने तयारी गरिरहेको जनाइएको छ ।
काठमाडाैं – नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता...
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...
काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...