टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ । नेक्सनको डिजेल र पेट्रोल दुबै मोडलमा मूल्य बृद्धि भएको हो । यो एसयुभीमा उसले १५ हजार भारुसम्म बृद्धि गरेको छ । सन् २०२१ को नोभेम्बर महिनामा समेत टाटाले यो एसयुभीमा मूल्य बृद्धि गरेको थियो ।

कम्पनीले पेट्रोल गाडीमा ५ हजारदेखी १३ हजार भारुसम्म र डिजेलमा ५ हजारदेखी १५ हजार भारुसम्म बृद्धि गरेको छ । सबैभन्दा बढी एक्सएम एस भेरियन्टमा १५ हजार भारुले मूल्य बृद्धि गरिएको हो ।

डिजेलमा कुल १८ र पेट्रोलमा २१ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य भारतमा ७ लाख ३९ हजारदेखी १३ लाख ३४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । नेपाली बजारमा समेत निकै नै रुचाइएको यो एसयुभीको मूल्य ४० लाख ३० हजार रुपैयाँदेखी ५३ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

नेपालमा यसको पेट्रोल इन्जिनमा कुल ७ वटा भेरियन्ट मात्र उपलब्ध रहँदै आएको छ । नेपाली बजारमा नेक्सनको पेट्रोल मोडलमात्र उपलब्ध रहेका कारण आगामी दिनमा यो एसयुभीको मूल्य ५० हजार रुपैंयाँ हाराहारीसम्मले बृद्धि हुने देखिएको छ ।

भारतमा यसअघि मारुती सुजुकी, टोयोटा, फक्सवागन, हुन्डाई, महिन्द्रा, स्कोडा, एमजी र इसुजु लगायत ब्रान्डले आफ्ना कारको मूल्य बृद्धि गरिसकेका छन् भने बाँकी ब्रान्डले समेत केहि दिनभित्रै मूल्य बढाउने तयारी गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन ईभीको लङ रेन्ज भेरिएन्टले पनि पायाे फाइभ स्टार रेटिङ

टाटा नेक्सन ईभीको लङ रेन्ज भेरिएन्टले पनि पायाे फाइभ स्टार रेटिङ

टाटा मोटर्सकाे लोकप्रिय इलेक्ट्रिक कार नेक्सन ईभीको ४५ किलोवाट आवर...

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...

सिप्रदीले नेपाली बजारमा ल्यायो उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन लोकोन्याभ

सिप्रदीले नेपाली बजारमा ल्यायो उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन लोकोन्याभ

काठमाडौं – नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...