बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखी मेगा होली सर्भिस क्याम्प शुरु गरेको छ । टाटाका सम्पूर्ण कमर्सियल भेइकललाई लक्षित गरी शूरु भएको क्याम्प २१ गतेसम्म चल्नेछ । क्याम्पको उद्घाटन सिप्रदी ट्रेडिङका सिइओ राजनवावु श्रेष्ठ र सिओओ राजेश प्रसाद गिरीले संयुक्त रुपमा गरेका हुन् ।
क्याम्पमा सहभागी भएर गाडीको सर्भिसिङ गराउन चाहने ग्राहकले ९८०१२२३३४४ मा मिसकल गरी वुकिङ गर्न सक्नेछन् । यसरी वुकिङ गरी सर्भिसिङ गराउँदा ग्राहकले लेवर चार्जमा ५० प्रतिशत छुट तथा निशुल्क वासिङ सुविधा पाउनेछन् ।
सर्भिस क्याम्पमा गाडीको सर्भिस तथा मर्मत सम्भार गराउँदा ग्राहकले टाटा प्रोटेक्टको एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टाभित्र सर्भिसिङ तथा टाटा जिप्पी अन्तर्गत ४८ घण्टाभित्र मर्मत कार्यको ग्यारेन्टी पाउनेछन् । साथै निशुल्क वम्पर टु वम्पर चेकजाँच र वुकिङ भएका गाडीहरुलाई शनिवार पनि सेवा प्रदान गरिनेछ ।
गाडीको मर्मत सम्भार गर्दा प्रयोग हुने टाटा जेन्युइन पार्ट्समा १५ देखी २२ प्रतिशतसम्म छुट र जेन्यूइन आयलमा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । क्याम्प अवधीमा गाडीको सर्भिसिङ गराउने ग्राहकले अर्को एक पटकका लागि पनि सोही छुट र सुविधा पाउनेछन् ।
यो सुविधा तीन महिनासम्मका लागी मान्य हुनेछ । क्याम्पमा सहभागी सेवाग्राहीमध्ये ३ जना भाग्यशाली विजेताले स्मार्ट फोन जित्ने अवसर प्राप्त गर्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...