टाटा ह्यारियर र हुन्डाई क्रेटा ईभीमा को अघि ? यस्तो छ भिन्नता

टाटा मोटर्सले हालै आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ह्यारियर लन्च गरेको छ । सो मोडलले भारतिय बजारमा केहि समयअघि लन्च भएको हुन्डाई क्रेटा ईभीसंग प्रतिस्पर्धा गर्न चर्चा चलिरहेको छ । यी दुवै एसयूभी आ–आफ्नो सेग्मेन्टमा उच्च रेन्ज र स्मार्ट फिचरका कारण लोकप्रिय वनिरहेका छन् ।

रेन्ज र ब्याट्री : टाटा ह्यारियर ईभीलाई कम्पनीले  ६५ र ७५ किलोवाट आवर गरी दुई फरक ब्याट्री विकल्पमा ल्याएको छ । ठूलो ब्याट्रीको सहायताले यसले ६२७ किलोमिटरसम्मको रेन्ज दिन्छ । क्रेटा ईभीमा ४२ र ५१.४ किलोवाट ब्याट्री प्याक दिइएको छ, जसले क्रमशः ३९० र ४७३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

ह्यारियर ईभीले १२० किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्छ, जसले २५ मिनेटमै २०–८० प्रतिशत चार्ज हुन्छ। क्रेटा ईभी पनि डीसी फास्ट चार्ज सपोर्ट गर्छ, तर त्यसलाई १०–८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्छ। यद्यपि, वाल चार्जरमार्फत ह्यारियरको तुलनामा क्रेटाले छोटो समयमै पूरै चार्ज पूरा गर्न सक्छ।

पावर र परफर्मेन्स : ह्यारियरमा ड्युअल मोटर सिस्टम दिइएको छ, जसले २३८ पीएस पावर र ५०४ एनएम टर्क प्रदान गर्छ। यसले ०–१०० किलोमिटर प्रतिघण्टा गति केवल ६.३ सेकेन्डमा पूरा गर्न सक्छ। क्रेटा ईभीमा १३५ र १७१ पीएस गरि दुई फरक पावर आउटपुट उपलब्ध छ, जसले यसलाई ७.९ सेकेन्डमा सो गति प्राप्त गर्न सक्षम बनाउँछ।

मूल्य : क्रेटा ईभी ह्यारियर ईभी भन्दा अलिक सस्तो विकल्प हो । यसको प्रारम्भिक मूल्य १७ लाख ९९ हजार भारुबाट सुरु हुन्छ र उच्च भेरिएन्ट २४ लाख ३७ हजार भारुसम्म पुग्छ। यसको तुलनामा ह्यारियर ईभीको सुरुआती मूल्य २१ लाख ४९ हजार भारु छ।

उच्च रेन्ज र बलियो पर्फर्मेन्सका लागि टाटा ह्यारियर ईभी उत्तम विकल्प हुन सक्छ। तर, किफायती मूल्यमा संतुलित फिचर र व्यावहारिक रेन्जका लागि हुन्डाई क्रेटा ईभी राम्रो विकल्प हुन सक्छ ।

क्रेटा ईभी नेपाली बजारमा उपलब्ध भैसकेको छ भने ह्यारियर ईभी पनि अवको केहि समयपछि भित्रिने लगभग पक्कापक्कि जस्तै छ ।

सम्बन्धित समाचारहरू

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

हुन्डाई टुसानको चौथो जेनेरेशन सार्वजनिक, मूल्य अगस्ट ४ मा सार्वजनिक गरिने

हुन्डाई टुसानको चौथो जेनेरेशन सार्वजनिक, मूल्य अगस्ट ४ मा सार्वजनिक गरिने

हुन्डाई टुसानको चौथो जेनेरेशन भारतमा सार्वजनिक भएको छ । यो एसयुभी भारतमा ४...

हुन्डाई गाडी टेष्ट ड्राइभ गर्दा कतारमा वल्र्ड कप हेर्न पाउने अवसर

हुन्डाई गाडी टेष्ट ड्राइभ गर्दा कतारमा वल्र्ड कप हेर्न पाउने अवसर

विश्वकप फुटबल–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...