टाटा टियागो पनि ईभी भर्सनमा आउने पक्का

टाटा मोटर्सले हाल कारोबार भैरहेको कम्वस्चन इन्जिनयूक्त ह्याचव्याक कार टियागोलााई ईभी भर्सनमा उतार्ने भएको छ । आज इभी डेको अवसर पारेर कम्पनीले यो कारको निर्माण शुरु गर्ने बताएको हो । अवको केही महिनापछि यसको उत्पादन शुरु हुने र लगत्तै बजारमा उपलब्ध गराउने कम्पनीले योजना वनाएको छ ।

नेक्सन र टिगोरलाई इलेक्ट्रिक अवतारमा उतारेर चर्चा कमाएको टाटाले निकट भविष्यमा फरक सेग्मेन्टका १० नयाँ इलेक्ट्रिक कार समेत ल्याउने उद्घोष गरेको छ । टियागो इभीलाई उसले एकदमै शुलभ मूल्यमा बिक्री गर्ने योजना बनाएको छ । यो नयाँ कारमा कुन साइजको व्याट्री तथा कति क्षमताको मोटर जडान हन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर नल्याएपनि टिगोर इभीकै पावरट्रेन उपलब्ध हुनसक्ने अनुमान लगाइएको छ ।

साथै इन्टेरियरमा उपलब्ध फिचर्स र इक्युपमेन्ट पनि धेरैजसो टिगोर इभीबाटै लिन सक्ने देखिएको छ । एक्सटेरियरमा भने उसले ठूलै फेरवदल गर्ने जनाएको छ । टिगोर इभीकै पावरट्रेन प्रयोग भएमा यो कारले पनि उक्त कारमा दावी गरिएको ३ किलोमिटरकै रेन्ज प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको...

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

दिगो अटो कार्निभल सम्पन्न : ५ गाडी हस्तान्तरण, ३३ गाडी बुकिङ

नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको...

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मर्सिडिज भिजन वान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...