ईभी आयातबाट ११ महिनामा १३ अर्ब बढि राजश्व, जेठ महिनामा मात्रै ३ हजार गाडी भित्रिए
काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा सरकारले बिद्युतिय गाडीको आयातबाट...
टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार टाटा अभिन्या सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२५ सम्ममा अभिन्यालाई बजारमा ल्याउनेछ । यो इलेक्ट्रिक कारले ३० मिनेट चार्जमा ५०० किलोमिटरको रेन्ज दिन्छ ।
टाटा मोटर्सका एमडी शैलेश चन्द्रका अनुसार अभिन्या शब्द संस्कृत भाषा हो, जसको अर्थ नवप्रवर्तन (इनोभेसन) हुन्छ । यस नामको अंग्रेजी शब्दमा आईएन पनि आउँछ, जुन भारतको पहिचान हो । चन्द्रले भविष्य र कल्याणको मिलनबाट अभिन्याको सिर्जना भएको बताए ।
टाटा अभिन्याको डिजाइन निकै सरल र कम्प्याक्ट राखिएको छ । कारको स्टेयरिङ ह्विलमा टच प्यानल दिइएको छ र यसबाट कारका सबै फिचरहरू नियन्त्रण गर्न सकिन्छ । कारको ड्यासबोर्ड पनि पूर्णतया साउन्ड बार बनाइएको छ । कारमा हरेक यात्रुको हेडरेस्टमा स्पिकर प्रदान गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको टाटा अभिन्याको टिजरमा ड्राइभर र अगाडिको यात्रु सिट ३६० डिग्री घुमाउन सकिने जानकारी दिइएको छ । कारको इन्टेरियरमा कुनै पनि चम्किलो रङ प्रयोग गरिएको छैन ।
टाटा अभिन्याको विन्डस्क्रिन निकै ठूलो छ । यो सनरुफसँग मर्ज हुँदा सिंगल स्क्रिन जस्तो देखिन्छ । यसको अलोय ह्विलहरू टाटा कर्भका ह्विलसँग केही हदसम्म समान देखिन्छ, तर यसको फुल डिजाइनभन्दा फरक छ ।
टाटा अभिन्याको लुक प्रिमियम ह्याचब्याक जस्तो देखिन्छ, तर यसको कार्यक्षमता एमपीभी जस्तै छ र एसयूभी क्रसओभरको रूपमा डिजाइन गरिएको छ । कारको फ्रन्टको ग्रिललाई बोल्ड लुक दिइएको छ, जसले बीएमडब्ल्यु र औडी जस्ता लक्जरी कार जस्तै देखिन्छ ।
टाटा मोटर्सले हालै इलेक्ट्रिक सवारी साधनमा केन्द्रित हुनका लागि टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी नामको नयाँ कम्पनी स्थापना गरेको छ । टाटा अभिन्या यसै कम्पनी अन्तर्गत बनेको हो । टाटा अभिन्यामा टाटा मोटर्सको नयाँ प्रकारको लोगो दिइएको छ ।
काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा सरकारले बिद्युतिय गाडीको आयातबाट...
काठमाडौं – नेपालमा लिफान इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ ।...
काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...