टाटाका ५ ईभी कन्सेप्ट : उत्पादन कहिले ?

कार निर्माताले आफ्ना लेटेस्ट टेक्नोलोजी र नयाँ मोडलहरू सार्वजनिक गर्नुभन्दा अघि ग्राहकलाई देखाउन कन्सेप्ट भेइकल सार्वजनिक गर्छन् । अधिकांश कार निर्माताले इलेक्ट्रिक कारको अवधारणा ल्याइरहेका छन् । टाटा मोटर्सले हालसालै उत्पादनका लागि पुष्टि भएका २ नयाँ ईभी कन्सेप्ट कार प्रदर्शन गरेको छ ।

टाटा मोटर्सका आगामी मोडल जेन२ र जेन३ ईभी आर्किटेक्चर प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्ममा आधारित कारको फिचर निकै उत्कृष्ट हुनेछ । टाटा मोटर्सका नयाँ ५ इलेक्ट्रिक कन्सेप्ट कारको बारेमा केही चर्चा गरौं ।

१. टाटा अल्ट्रोज ईभी
टाटा अल्ट्रोज ह्याचब्याक कन्सेप्ट कार कम्पनीले सन् २०१९ मा पेश गरेको थियो र त्यसपछि सन् २०२० मा प्रोडक्सन युनिटको रुपमा पेश गरेको थियो । यसको इन्जिन मोडल नेक्सन ईभीमा जस्तै इलेक्ट्रिफाइड भर्सन हो र यो जेन१ प्लेटफर्ममा आधारित हुनेछ ।

२. टाटा कर्भ कन्सेप्ट
टाटा कर्भ इलेक्ट्रिक एसयूभीको सबैभन्दा विशिष्ट डिजाइन कुपे रूफलाइन हो । यद्यपि यो जेन२ आर्किटेक्चरमा आधारित हुनेछ । यो ईभी फोकस्ड प्लेटफर्ममा आधारित टाटाको पहिलो मोडल हुनेछ, जसले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्नेछ ।

३. टाटा अभिन्या कन्सेप्ट
टाटा मोटर्सको सबैभन्दा नयाँ र प्रिमियम ईभी कन्सेप्ट कार टाटा अभिन्या हो । यो जेन३ प्लेटफर्ममा आधारित छ । टाटा अभिन्याले विश्वव्यापी इलेक्ट्रिक सवारीका लागि टाटा मोटर्सको महत्वाकांक्षालाई प्रतिनिधित्व गर्नेछ । जसमा अधिकतम इन्टेरियर स्पेस उपलब्ध गराउनमा केन्द्रित हुनेछ ।

४. टाटा सिएरा कन्सेप्ट
टाटा मोटर्सको अर्को कन्सेप्ट कार टाटा सिएरा इलेक्ट्रिक एसयूभी थियो, जुन २०२० अटो एक्सपोमा प्रदर्शन गरिएको थियो । यसको लम्बाई ४.१ मिटर छ र अल्फा आर्किटेक्चरमा प्रदर्शित तेस्रो मोडल हो । सो कारले ४०० किमी सम्मको रेन्ज दिने दावी गरिएको थियो ।

५. टाटा ई–भिजन कन्सेप्ट
यो सूचीको सबैभन्दा पुरानो कन्सेप्ट कार टाटा ई–भिजन मोडल हो । टाटा ई–भिजन कन्सेप्ट सन् २०१८ जेनेभा मोटर शोमा प्रदर्शन गरिएको थियो । यसको प्रिमियम स्टाइलिङले धेरैलाई प्रभावित बनाइएको थियो ।

सम्बन्धित समाचारहरू

२०० किलोमिटर रेन्ज दिने नयाँ सिटी कार आउँदै

२०० किलोमिटर रेन्ज दिने नयाँ सिटी कार आउँदै

भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी...

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर...

ईभी बजारमा होमियो स्मार्टफोन निर्माता शाओमी, देखायो पहिलो इलेक्ट्रिक कार

ईभी बजारमा होमियो स्मार्टफोन निर्माता शाओमी, देखायो पहिलो इलेक्ट्रिक कार

चाइनिज इलेक्ट्रोनिक्स तथा टेक्नोलोजी जायन्ट शाओमी इलेक्ट्रिक भेइकल (ईभी)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...