टाटा टिगोर इलेक्ट्रिक कार लन्च हुने तयारी, नेक्सन ईभीको फिचर समावेश हुने
टाटा मोटर्सले चाँडै नै टाटा टिगोर ईभीको रिभाइज्ड इलेक्ट्रिक भेरिएन्ट टाटा...
टाटा मोटर्सको प्रिमियम ह्याचब्याक अल्ट्रोज भारत न्यु कार एसेसमेन्ट प्रोग्राम अन्तर्गत वयस्क र बालबालिका दुवै यात्रु सेफ्टी परीक्षणमा ५ स्टार रेटिङसहित भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार बनेको छ ।
यसअघि मारुती बलेनो प्रिमियम ह्याचब्याकमध्ये सबैभन्दा सुरक्षित कार मानिन्थ्यो। मारुती बलेनोले जुलाई २०२५ मा गरिएको परीक्षणमा ४ स्टार रेटिङ प्राप्त गरेको थियो । तर टाटा अल्ट्रोजले वयस्क यात्रु सेफ्टीमा ३२ मध्ये २९.६५ अंक र बाल यात्रु सेफ्टीमा ४९ मध्ये ४४.९० अंक प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
वयस्क यात्रु सेफ्टीका लागि गरिएको अगाडिको प्रभाव परीक्षणमा, ६४ किलोमिटर प्रतिघण्टाको गतिमा गाडीलाई अवरोधमा ठोक्दा अल्ट्रोजले १६ मध्ये १५.५५ अंक प्राप्त गर्यो । चालक र सह-चालकका महत्त्वपूर्ण अंगहरूको सेफ्टी राम्रो देखिएको भए पनि खुट्टाको हड्डीमा सीमित सुरक्षा मात्र पाइएको छ। साइड इम्प्याक्ट परीक्षणमा ५० किलोमिटर प्रतिघण्टामा गरिएको परीक्षणले १६ मध्ये १४.११ अंक प्राप्त गर्यो । यसमा यात्रुको टाउको र पेट सुरक्षित देखिए पनि छातीको सुरक्षा मध्यम र पेटको सुरक्षा सीमित देखियो। पोल साइड इम्प्याक्ट परीक्षणमा भने यात्रुको शरीरका सबै भागहरूको सुरक्षा पर्याप्त पाइयो।
चाइल्ड सेफ्टीको परीक्षणमा १८ महिनाको बच्चा र ३ वर्षको बच्चाको डमीलाई विपरीत दिशामा फर्काएर बाल संयम सिस्टममा राखिएको थियो । यसमा अल्ट्रोजले कुल ४९ मध्ये ४४.९० अंक प्राप्त गर्यो। डायनामिक स्कोरमा २४ मध्ये २३.९०, चाइल्ड रिस्ट्रेन्ट सिस्टम इन्स्टलेशन स्कोरमा १२ मध्ये १२ र भेइकल असिसमेन्ट स्कोरमा १३ मध्ये ९ अंक प्राप्त भएको छ।
सेफ्टी फिचरको रुपमा अल्ट्रोजमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस , इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, सबै सिटमा सिटबेल्ट रिमाइन्डर र पछाडिका सिटमा आईसोफिक्स चाइल्ड-सिट माउन्ट जस्ता फिचर दिइएको छ।
सो कारले मारुती बलेनो, हुन्डाई आई२० र टोयोटा ग्लान्जासँग प्रतिस्पर्धा गर्दैछ।
टाटा मोटर्सले चाँडै नै टाटा टिगोर ईभीको रिभाइज्ड इलेक्ट्रिक भेरिएन्ट टाटा...
केही समय अगाडि बीवाईडीको एट्टो ३ लाई काउन्टर गर्दै ९९ किलोवाटको मोरिस...
काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको टाटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...