टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?

काठमाडौं - नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ ।

दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहकहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरुले एस ईभी फ्ल्याटबेड एक्काइस लाख उनानसय हजार रुपैयाँमा पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख उन्नासी हजार रुपैयाँमा उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा ५० हजार रुपैयाँसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ । यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा/सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ ।

उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ,इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरुको समु–उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे ।

सम्बन्धित समाचारहरू

एसटीसी अटो सोलुसनले अब एम्पियर ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्ने

एसटीसी अटो सोलुसनले अब एम्पियर ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्ने

काठमाडौं – भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड...

लीपमोटरको राजश्व शत् प्रतिशत बृद्धि, पहिलोपटक कमायो मुनाफा

लीपमोटरको राजश्व शत् प्रतिशत बृद्धि, पहिलोपटक कमायो मुनाफा

चिनियाँ अटोमेकर लीपमोटरले पहिलो पटक वार्षिक नाफा हासिल गरेको छ । २०२५ को...

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

टाटाले आफ्नो नयाँ पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने अपेक्षा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...