छोटो समयमै ३०० भन्दा बढी सेरेस ईभी नेपाली सडकमा

काठमाडौं – नेपाली बजारमा बिक्री प्रारम्भ भएको छोटो समयमै सेरेस ईभी ‘टक अफ द टाउन’ बनेको छ । नेपालका लागि सेरेसको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले गत भाद्र महिनामा सम्पन्न नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरेको इलेक्ट्रिक कार सेरेसका ३०० भन्दा बढी युनिट नेपाली सडकमा गुडिरहेको बताएको छ । त्यसैगरी इलेक्ट्रिक कार किन्न चाहने कार पारखीहरुको लागि सो कार मुख्य छनोट समेत बनेको कम्पनीको भनाइ छ ।

बलियो तरिकाले निर्माण गरिएको गुणस्तरीयता, एसयूभी लुक, प्रभावकारी रेन्ज, ग्राउन्ड क्लियरेन्स र स्लिक डिजाइनका कारण सेरेस ३ ले प्रशंसा पाएको कम्पनीले बताएको छ । नेपाली बजारमा लन्चिङ पश्चात दिगो र रोमान्चक ड्राइभिङ अप्सन उपलब्ध गराएर सेरेस ३ ले नेपाली ग्राहकको अपेक्षा भन्दा राम्रो सवारी उपलब्ध गराएको अनुभव गरिएको छ ।

ग्राहकलाई डेलिभरी गरिए पश्चात यो गाडीको माग अझै बढेको बताइएको छ । एसयूभी चाहने नेपाली ग्राहकको प्राथमिकतालाई समेत यसले प्रमाणित गरेको छ । अग्रगामी सोच राख्ने उपभोक्ताहरुको रोजाइको सवारी साधन बन्नमा सेरेस ३ को आकर्षक ग्राउन्ड क्लियरेन्स, उचित एसयूभी लुक र रोड प्रेजेन्सले महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ ।

सेरेस ३ ले यस प्रकार नेपाली सडकमा लगातार रुपमा बर्चस्व कायम राख्दै गएको छ र यसले स्टाइल, पर्फमेन्स र लुक सहितको इलेक्ट्रिक सवारी साधनप्रतिको महत्वपूर्ण कदमको संकेत समेत गरेको छ ।

सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्छ । ९९ किलोवाटको मोटर पिक पावर र ५२.७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमी (एनईडीसी) को उल्लेखनीय रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

हेर्दा साधारण भए पनि सेरेस ३ मा विभिन्न आकर्षक फिचर उपलब्ध छन् । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ । हिटेड सिट, पावर विन्डोज, एडास प्रविधि जस्ता फिचर पनि यो गाडीमा उपलब्ध छन् ।

सेरेस ३ मा सेगमेन्टकै ठूलो अर्थात ५२५ लिटरको बुट स्पेस छ । कहिलेकाहिं सामान बोकेर कतै जानुपर्ने अवस्थामा ठूलो बुट स्पेस निकै नै उपयोगी हुन्छ । त्यसैगरी यसमा स्पेयर टायर समेत उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा मोटर्सले टाटा पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ ।...

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी...

युरोपियन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल भित्रिदै नेपाल

युरोपियन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल भित्रिदै नेपाल

नेपाली बजारमा हर्विन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...