स्पोर्टी इलेक्ट्रिक स्कुटर खोज्नेका लागि आकर्षक विकल्प टेल्जी एस२

काठमाडौं - इलेक्ट्रिक स्कुटर बजारमा एउटा फरक पहिचानका साथ उपलब्ध टेल्जी एस२ स्कुटरले धेरैको ध्यान तानेको मान्न सकिन्छ । शोरुममा सजिएको स्कुटर देख्दा नै धेरैको मन लोभिन सक्छ ।

टेल्जी एस२ इलेक्ट्रिक स्कुटर हेर्दा नै पेट्रोलियम पदार्थबाट चल्ने स्कुटर जस्तो आकर्षक लाग्छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले पावरफुल साथै स्पोर्टी डिजाइन भएको ‘एस२’ नेपाली बजारमा पहिले देखि नै उपलब्ध गराइरहेको छ ।

यसमा ३ किलोवाट रेटेड पावर र ५.२ किलोवाट रेटेड पावरको मोटर छ । यो स्कुटरको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।

एस२ को फ्रन्टमा एग्रेसिभ डिजाइन रहेको छ । फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ । यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ । त्यस्तै, यसमा फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज र ३५ लिटरको बुट स्पेस जस्ता फिचर पाउन सकिन्छ ।

यो स्कुटरको मूल्य ३ लाख १२ हजार रुपैयाँ तोकिएको छ । यसमा कम्पनीले विभिन्न एसेसरिज र अन्य सुविधा समेत उपलब्ध गराउने गरेको छ । काठमाडौंको नक्सालस्थित शोरुम र अन्य शोरुममा टेल्जीको यो स्कुटर अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...