कोमाकीको अपडेट भर्सन भेनिस इलेक्ट्रिक स्कुटर रिमुभेवल ब्याट्रीसहित लन्च
कोमाकीले आफ्नो भेनिस इलेक्ट्रिक स्कुटरको अपडेट भर्सन सार्वजनिक गरेकाे छ ।...
काठमाडौं – टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक योम मा ई मोटर्सले झापाको विर्तामोडमा आफ्नो ११औं शोरुम संचालनमा ल्याएको छ । टेल्जी नेपालले देशभर शोरुम विस्तारको क्रमलाई तीव्रता दिएसँगै विर्तामोडमा समेत शोरुम शुभारम्भ गरेको हो । एभरेष्ट अटो ट्रेडले टेल्जीको शोरुमको रुपमा कार्य प्रारम्भ गरेको हो ।
उक्त शोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध गराउने छ । कम्पनीका निर्देशक संजीव शिल्पकारले नेपालको लोकप्रिय ब्रान्डको शोरुम पूर्वमा विस्तार गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए ।
‘टेल्जीका विद्युतीय स्कुटरहरू विश्वस्तरीयका साथसाथै विश्वसनीय दुईपांग्रे ब्रान्ड हो । टेल्जीले युनाइटेड नेसनको इन्भाइरोमेन्ट ई मोबिलिटी पार्टनरको रूपमा रहेर काम गर्दै आएको छ भने टेल्जीको नाममा धेरै विश्व कीर्तिमानहरू रहेका छन् । काठमाडौं, बुटवल, पोखरा लगायतका धेरै शहरहरूका ग्राहकहरूको मायाले हामी नेपालमै सर्बाधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएका छौं भने, पूर्वको सहर विर्तामोडमा हाम्रो शोरुम संचालनमा ल्याउन पाँउदा हामी अत्यन्तै हर्षित भएका छौं,’ उनले भने ।
एभरेष्ट अटो ट्रेड संचालक प्रेमबहादुर थापाले नेपालको चर्चित ब्रान्ड झापा ल्याउन पाएकोमा खुसी व्यक्त गरे । ‘काठमाडौं लगायतका धेरै शहरहरूमा परीक्षण भइसकेको र नेपालमै पहिलो पटक १ लाख किलोमिटर वारेन्टी भएको यस्तो विश्व स्तयरीय ब्रान्ड टेल्जीको डिलरको रूपमा काम गर्ने अवसर पाउँदा हामी खुसी भएका छौं । अबको युग इलेक्ट्रिक सवारीसाधनको युग हो,’ उनले भने ।
टेल्जीका स्कुटर मर्मत खर्च अत्यन्तै न्यून अर्थात् २० पैसाभन्दा कम खर्चमा प्रतिकिलोमिटर संचलान गर्ने सकिने एभरेष्ट अटो ट्रेडका प्रबन्ध निर्देशक मिलन लिम्बुले बताए ।
‘हामीले पार्टस् तथा सर्भिसको लागि सबै तयारी पूरा गरेर शोरुम संचालनमा ल्याएका छौं । हाम्रा ग्राहकलाई निर्धक्क भएर विद्युतीय स्कुटर चढ्न अनुरोध समेत गर्दछु,’ उनले भने ।
उक्त कार्यक्रममा विर्तामोड नगरपालिका अधिकृत मेघराज बास्तोला, विर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुुशल खतिवडा तथा समाजसेवी छिरिङ शेर्पा लगायतका उद्योगी ब्यवसायीहरूको उपस्थिति रहेको थियो ।
टेल्जी नेपालले विगत ५ वर्षदेखि नेपाली बजारमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै आएको छ । कम्पनीले ग्राहकहरू सन्तुुष्ट हुनेगरि पार्ट्स उपलब्ध गराउँदै उत्कृष्ट सर्भिस दिँदै आएको छ ।
कम्पनीले केही दिन अघिमात्र आफ्नो लायन मोडलमा नेपालमा नै पहिलो पटक १ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी दिने घोषणा गरेको छ ।
कोमाकीले आफ्नो भेनिस इलेक्ट्रिक स्कुटरको अपडेट भर्सन सार्वजनिक गरेकाे छ ।...
जनकपुरधाम – जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि...
काठमाडौं–ग्रेट वाल मोटर (जिडब्लुएम) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५ को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...