टेल्जी नेपालले ल्यायो अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर

काठमाडौं - नेपाली बजारमा टेल्जीका दुई नयाँ विद्युतीय स्कुटर भित्रिएका छन् । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो । टेल्जी नेपालले अपडेटसहित ल्याएको टाइगर प्लस पुरानै मूल्यमा ल्याएको हो ।

कम्पनीले टाइगर प्लसको मूल्य २ लाख २७ हजार, कार्गो स्कुटर ट्याङ्क जेडएसको मूल्य २ लाख २७ हजार र ट्याङ्क केएसको मूल्य २ लाख १७ हजार तोकेर बिक्री सुरु गरेको हो ।

टाइगर प्लसमा कम्पनीले इन्टेलिजेन्ट चार्जिङ फिचर थप गरेको छ । यसको मद्धतले यो स्कुटर ३ घन्टामा फुल चार्ज हुन्छ । यसमा कम्पनीले रिभर्स गियर समेत थप गरेर ल्याएको हो ।

उक्त स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै टेल्जी नेपालका निर्देशक संजिव शिल्पकारले कम्पनीको सबैभन्दा लोकप्रिय मोडल टाइगरको गुणस्तर वृद्धि गर्दै नयाँ मोडल ल्याएको बताए ।

उनले भने, 'टेल्जी टाइगर एकदमै रुचाइएको स्कुटरमा हामीले ग्राहकको सुझाव अनुसार नै अपग्रेड गरेर ल्याएको छौं, आगामी दिनमा हामी अझै यसको गुणस्तर वृद्धिको काम गर्दै जानेछौ ।'

नेपाली ग्राहक अब पहिला जस्तो नभएर क्वालिटीलाई ध्यान दिने भएको कम्पनीका अध्यक्ष राजेश राजकर्निकारले बताए ।
'नेपाली बजारमा विद्युतीय स्कुटरमा धेरैनै प्रतिस्पर्धा छ । अब ग्राहकले स्कुटरको गुणस्तर, सर्भिस हेरेर मात्रै स्कुटर किन्ने अवस्था आएको छ । यस्तोमा हामीले हाम्रो सबैभन्दा उत्कृष्ट स्कुटरलाई अझै परिस्कृत गरेर ल्याएका छौं,' उनले भने । कम्पनीले ल्याएको नयाँ स्कुटर टाइगर प्लस स्कुटरमा ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ ।

यो स्कुटरको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर आवरको ग्राफिन ब्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ । यसमा मेन्टिनेन्स चार्जिङ सिस्टम उपलब्ध छ ।

यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै, फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिन्छ ।

त्यस्तै, कार्गो स्कुटर ट्याङ्कमा पनि टाइगर प्लसमा जस्तै ३ किलोवाट पावर, रेटेड मोटर ३८ भोल्ट ७२ एम्पियर आवरको ग्राफिन ब्याट्री उपलब्ध छ । यसमा कार्गो बोक्नका लागि फन्ट र रियरमा स्पेस दिएको छ ।

योम मा ई मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले नेपालका मुख्य १० सहरहरूमा आफ्नो बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको छ । हाल...

बीवाईडीको ब्रान्ड एम्बेसडर बने हरिबंश आचार्य

बीवाईडीको ब्रान्ड एम्बेसडर बने हरिबंश आचार्य

काठमाडौं – लोकप्रिय हास्य कलाकार हरिबंश आचार्य प्रसिद्ध चिनियाँ...

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...