इनड्राइभ मार्फत राइड बुक गर्दा १० वटा ईभी स्कुटर जित्न सकिने
राइड सेयररिङ प्लेटफर्म इनड्राइभले यात्रु लक्षित ‘राइड मोर, विन मोर’ योजना...
पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । टेल्जीको नेपालका लागि आधिकारिक वितरक योम मा ई मोटर्सले टेल्जी विद्यूतीय स्कुटरको पोखराको लागि महेन्द्रपुलमा अवस्थित माँ मैत्री ट्रेडर्सलार्ई डिलरमा नियुक्त गरेको हो । कम्पनीको यो १०औं शोरुम हो ।
उक्त सोरुमले टेल्जीका विद्युतिय स्कुटर विक्री गर्नुका साथै विक्री पछिको सेवा समेत उपलब्ध गराउने छ ।
उक्त शोरुम उद्घाटन कार्यक्रममा बोल्दै योम मा ई मोटर्सका निर्देशक संञ्जिव शिल्पकारले भने, ‘टेल्जीका विद्यूतीय स्कुटरहरु विश्वस्तरीय हुनुका साथै विश्वसनिय विद्युतीय दुईपांग्रे ब्रान्ड हो । टेल्जीले युनाइटेड नेसनको इन्भाइरोमेन्ट ई मोविलिटी पार्टनरको रुपमा रुहेर काम गर्दै आएको छ भने टेल्जीको नाममा धेरै विश्व कीर्तिमानहरु रहेका छन् । काठमाडौं, बुटवल, नेपालका पूर्वी शहरुहरु लगायतका धेरै शहरहरुका ग्राहकहरुको मायाले हामी नेपालमा नै सर्बाधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएका छौ भने, पोखरा जस्तो सफा र सुन्दर सहरमा हाम्रो शोरुम संचालनमा ल्याउन पाँउदा हामी अत्यन्तै हर्षित भएका छौं ।’
लकडाउन जस्तो विषम परिस्थितिमा टेल्जीलाई नेपाल भित्र्र्याएर छोटो समयमा नै सर्बाधिक विक्री हुने ब्रान्ड मध्ये एक रहेको बताउँदै उनले भने, ‘हामीले आज स्कुटर बेच्ने र नाफा कमाउने मात्र नभएर हाम्रा स्कुटर किन्ने ग्राहकलाई हाम्रो परिवार झै ब्यवहार गरेर विक्री पछिको सेवाका कुनै कमी हुन दिने छैनौ र पोखरावासी सम्पूर्ण महानुभावहरुलाई निर्धक्क भएर टेल्जी स्कुटर किन्न अनुरोध गर्दछु ।’

त्यस्तै उक्त कार्यक्रममा बोल्दै माँ मैत्री ट्रेडर्सका संचालक हिरा कोइरालले भने, ‘काठमाडौं लगायतका धेरै शहरहरुमा परीक्षण भइसकेको ब्रान्ड टेल्जीको पोखराको डिलरको रुपमा काम गर्ने अवसर पाउँदा हामी खुसी भएका छौ । अवको यूग भनेको इलेक्ट्रिक सवारी साधनको यूग भएको कारण र पोखरालाई सधै सफा राख्नका लागि पनि पोखरेली भएको नाताले पनि केही योगदान गर्ने हिसाबले नै टेल्जीका स्कुटर पोखरा भित्र्र्याएका छौं ।’
टेल्जीका स्कुटर मर्मत खर्च नलाग्ने तथा २० पैसाभन्दा कम खर्चमा प्रतिकिलोमिटर संचालन गर्न सकिने बताउँदै कोइरालाले भने, ‘हामीले पार्ट्स तथा सर्भिसको लागि सबै तयारी पुरा गरेर शोरुम संचालनमा ल्याएका छौ र पोखरालाई ग्रिन शहरको रुपमा अझै टेवा पुर्याउन तयार रहेका छौं । ’
नयाँ शोरुम संचालनको अवसरका कम्पनीले नगद १८ हजार छुटको साथै १५ हजार बराबरको उपहार स्किम समेत ल्याएको छ । कम्पनीले हरेक टेल्जी स्कुटरको खरिदमा ग्राहलाई हेलमेट, वाइफाई स्मार्ट प्लग, पिलियन ब्याकरेस्ट, १ वर्षको रोड ट्याक्स तथा एक वर्षको फूल इन्स्योरेन्स उपलब्ध गराउने जनाएको छ ।
राइड सेयररिङ प्लेटफर्म इनड्राइभले यात्रु लक्षित ‘राइड मोर, विन मोर’ योजना...
इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक...
काठमाडौं – चिनियाँ ब्रान्ड फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...