बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्ड फेरि भित्रिने भएको छ । केजी इन्टरनेसनलले एसवाईएमको डर्ट बाइक एनएचटी २०० भित्र्याउने भएको छ । सो बाइक नेपाली बजारमा एक महिना भित्रै उपलब्ध गराइसक्ने कम्पनीको भनाइ छ ।
यो बाइकमा युरो फोर, १८३ सीसी फोर स्ट्रोक लिक्विडकुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १३.५ किलोवाट पावर र ७५०० आरपीएममा १५.७ एनएम टर्क जेनेरेट गर्छ । इलेक्ट्रिक फ्युल इन्जेक्सन सिस्टम रहेको सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा युनिट स्विङ आर्म रहेको छ ।
६–स्पिड गियरबक्समा उपलब्ध सो बाइकको अधिकतम स्पिड १२५ किमी प्रतिघण्टा रहेको छ । सिटको उचाई ८१० एमएम रहेको सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । सुविधायुक्त सिट, एलसीडी डिस्प्ले, फ्रन्ट तथा रियर डिस्क ब्रेक, रोबस्ट च्यासिस तथा फुल एलईडी लाइट रहेको सो बाइकको मूल्य र अन्य जानकारी भने पछि नै थाहा हुनेछ ।
अर्वान एक्सप्लोरका लागि डिजाइन गरिएको यो बाइक क्रसओभर एड्भेन्चर कलेक्सन हो । अगाडिको भिजिबिलिटी क्लियर देखिनका लागि यसमा भएको केही अपराइट राइडिङ पोस्चरले सहयोग गर्छ । त्यसैगरी बाइकमा भएको पेरिमिटर फ्रेम, सेन्टर सस्पेन्सन र सीबीएस सहितको फ्रन्ट तथा रियर डिस्क ब्रेकले आउटस्ट्यान्डिङ ह्यान्डलिङमा सहयोग गर्छ ।
बाइकमा भएको बिक र भाइजरले यसको एड्भेन्चर लुकलाई थप परिस्कृत बनाएको छ । फ्रन्टमा भएको १४० एमएम ट्राभल सस्पेन्सनले धेरै टेरेनहरुको यात्रामा सहयोग गर्छ ।
नेपाली बजारमा यो भन्दा पहिले पनि एसवाईएमका बाइक र स्कुटर भित्रिसकेका थिए । यद्यपि विभिन्न कारणले राम्रो बजार लिन नसक्दा बन्द हुन पुगेका थिए । केजी इन्टरनेसनल पनि नेपालमा अटोमोबाइल सम्बद्ध व्यवसायीहरुको समूह हो ।
देशका विभिन्न सहरमा डिलर स्थापना गरिने र डिलरको समेत खोजी भइरहेको बताइएको छ । उपयुक्त बजार प्रवद्र्धन रणनीति भएमा यो ब्रान्डले फेरि नेपाली बजारमा गतिलो उपस्थिति जनाउने कुरामा भने आशावादी हुन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...