ईभीमा स्विच हुन नयाँ अफर : आज देखि पुरानो कुनै पनि गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं – सीजी मोटर्सले आज देखि नेटा भी एक्सचेन्ज क्याम्पेन प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा यो क्याम्पेन प्रारम्भ भएको छ ।

आगामी चैत १० शुक्रबार सम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने बताएको छ । त्यसैगरी सो अवसरमा शोरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरुलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने छ ।

‘स्विच टु ईभी’ ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरु लाभान्वित हुन सक्ने छन् ।

नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ ।

नेटा भी नेपाली बजारमा उपलब्ध लोकप्रिय इलेक्ट्रिक कार मध्ये एक हो ।

सम्बन्धित समाचारहरू

५९० किमी रेन्ज सहित पहिलो लक्जरी इलेक्ट्रिक सेडान हुनेछ बीएमडब्ल्यु आई४

५९० किमी रेन्ज सहित पहिलो लक्जरी इलेक्ट्रिक सेडान हुनेछ बीएमडब्ल्यु आई४

बीएमडब्ल्युले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार बीएमडब्ल्यु आई४ भारतीय...

टाटा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी किन्न नविल बैंकले ८० प्रतिशत ऋण दिने

टाटा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी किन्न नविल बैंकले ८० प्रतिशत ऋण दिने

काठमाडौं – टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस–टी किन्न नबिल बैंकले ८०...

काठमाडौंमा विद्युतीय बस चलाउन नगर विकास कोषले सहयोग गर्ने

काठमाडौंमा विद्युतीय बस चलाउन नगर विकास कोषले सहयोग गर्ने

काठमाडौं – राजधानी काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्न नगर विकास कोषले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...