नयाँ लुक र फिचरसहित स्विफ्ट २०२३ आउँदै

मारुती सुजुकी स्विफ्ट लोकप्रिय कार मध्ये एक हो । कम्पनीले सो लोकप्रिय ह्याचब्याकलाई नयाँ लुकमा पेश गर्ने भएको छ । युरोपमा नयाँ स्विफ्टको परीक्षण सुरु भएको छ । सो कारको सन् २०२३ मा लन्च हुने सम्भावना छ ।

स्विफ्टको नयाँ मोडल थप स्पोर्टी डिजाइनको साथ आउने भएको छ । यसको दुबै साइडमा नयाँ एलईडी हेडल्याम्प र पुनः डिजाइन गरिएको फ्रन्ट बम्परको साथमा नयाँ ट्रापेजोइडल फ्रन्ट ग्रिल हुने अपेक्षा गरिएको छ ।

नयाँ स्विफ्टको साइड प्रोफाइल पनि फरक हुनेछ र नयाँ ड्युअल–टोन अलोय ह्विल र ब्ल्याक–आउट पिलर हुनेछ । कारको रियर स्पोर्टी थिमको हुनेछ । यसमा मुख्य स्पोइलर, नयाँ एलईडी लाइट र अन्य साना परिवर्तनहरू गरिनेछ ।

नयाँ स्विफ्ट ह्याचब्याकमा नयाँ इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, अटो डिमिङ आईआरभीएम, पुश बटन स्टार्ट र कनेक्टेड कार टेक जस्ता फिचर हुनेछ ।

भारतमा नयाँ स्विफ्ट १.२ लिटर के१२ माइल्ड–हाइब्रिड पेट्रोल इन्जिनमा लन्च गरिने छ । भविष्यमा यही मोडल नेपाल आउन सक्छ । जसमा ५ स्पिड म्यानुअल वा एएमटी गियरबक्स प्रदान गरिनेछ । साथै यसलाई सीएनजी भेरिएन्टमा पनि लन्च गर्ने सम्भावना छ । कम्पनीले यसको लागि हार्टेक्ट प्लेटफर्म प्रयोग गर्नेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी अर्टिगा अब टोयोटा अर्टिगा बन्ने, अगस्तमा लन्च हुने

सुजुकी अर्टिगा अब टोयोटा अर्टिगा बन्ने, अगस्तमा लन्च हुने

हाल मारुती सुजुकीले बिक्री गरिरहेको मल्टी परपोज भेइकल (एमपीभी) अर्टिगा अब...

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च...

अब भारतमा पनि कारको सेफ्टी रेटिङ गरिने, कारले परीक्षणका आधारमा सेफ्टी रेटिङ पाउने

अब भारतमा पनि कारको सेफ्टी रेटिङ गरिने, कारले परीक्षणका आधारमा सेफ्टी रेटिङ पाउने

भारतमा एनसीएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) सुरु हुने भएको छ । भारतका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...