भारतमा ६ लाख बढी भिटारा ब्रेजा बिक्री, नेपालमा उस्तै क्रेज

मारुती सुजुकी इन्डिया लिमिटेडले अटो एक्सपो २०१६ मा भिटारा ब्रेजा लन्च गरेको थियो । सो कम्प्याक्ट एसयूभीले फोर्ड इकोस्पोर्टसँग प्रतिस्पर्धा मात्र गरेन, नयाँ बेन्चमार्क पनि स्थापना गरेको छ ।

भिटारा ब्रेजा लन्च गरेको १ वर्ष भित्र १ लाख युनिट भन्दा बढि बिक्री भएको थियो । जबकि त्यसको ८ महिना पछि लगभग २ गुणा भिटारा ब्रेजा बिक्री भएको थियो । भिटारा ब्रेजा समय सँगसँगै निकै लोकप्रिय भएको थियो र जुलाई २०१८ सम्ममा ३ लाख युनिट बिक्री भएको थियो ।

सो ५ सिटर कार फेब्रुअरी २०१९ मा ४ लाख युनिट बिक्री भएको थियो । भिटारा ब्रेजा ६ लाख युनिट बिक्रीको आँकडा पार गर्नको लागि २ वर्षको समय लागेको थियो । कम्पनीले २०२० अटो एक्सपोमा फेसलिफ्टेड भिटारा ब्रेजा पेश गरेको थियो । साथै १.५ लिटर चार सिलिन्डर के१५बी माइल्ड हाइब्रिड पेट्रोल इन्जिन सुरु गरिएको थियो ।

सो कार पहिला १.३ लिटर ४ सिलिन्डर डीडीआईएस २०० डिजेल इन्जिनबाट ९० पीएसको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा ५ स्पिड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । हाल सो कारमा पेट्रोल इन्जिन रहेको छ । जसले १०४.७ पीएसको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ४ स्पिड टर्क कन्वर्टर ट्रान्समिशन रहेको छ ।

भारतमा सो कम्प्याक्ट एसयूभीको मूल्य ७ लाख ३९ हजार भारु देखि ११ लाख ४० हजार भारु रहेको छ । भिटारा ब्रेजा एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरिएन्टमा उपलब्ध रहेको छ । सो कारमा इन्टिग्रेटेड एलईडी डे–टाइम रनिङ लाइट्स, अपग्रेड एलईडी फग ल्याप्स, नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वील र नयाँ फ्रन्ट ग्रिल फिचर रहेको छ ।

सो कारमा ३ ड्युअल टोन कलरको विकल्प रहेको छ । जसमा मिडनाइट ब्ल्याक रुफको साथमा सिजलिंग रेड, मिडनाइट ब्ल्याक रुफको साथमा टर्क ब्लु र अटम ओरेज रुफको समाथ ग्रेनाइट ग्रे समावेश रहेको छ । यसको इन्टेरियरमा एपल कारप्ले र एन्ड्रोयड अटो कनेक्टिभिटीको साथमा ७ इन्चको स्मार्टप्ले टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, लेदर स्टेयरिङ ह्वील र अटोमेटिक क्लाइमेट कन्ट्रोल रहेको छ ।

नेपाली बजारमा पनि भिटारा ब्रेजा उपलब्ध छ । नेपालमा सीजी मोटोकर्पले सुजुकी भिटारा ब्रेजा गाडी बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य ४१ लाख ६९ हजार देखि ४४ लाख ९९ हजार रुपैयाँ सम्म छ । नेपाली बजारमा धेरै बिक्री हुने कारमध्ये भिटारा ब्रेजा पनि एक हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...