४ महिनामै ५० हजार युनिट भिक्टोरिस बिक्री

मारुती सुजुकीले हालै लन्च गरेको नयाँ एसयूभी भिक्टोरिसले छोटो अवधिमै ५० हजार युनिट बिक्री पाएको छ । सुजुकी इन्डियाले भिक्टोरिसको बिक्री ५० हजार युनिट पार गरेको घोषणा गरेको हो । उक्त माइलस्टोन ४ महिनाभन्दा कम समयमा हासिल गरिएको कम्पनीले जनाएको छ ।

मारुती भिक्टोरिस गत वर्ष सेप्टेम्बरमा लन्च गरिएको थियो, जसको मूल्य १० लाख ५० हजार भारु निर्धारण गरिएको छ । कम्पनीका अनुसार, जीएसटी सुधार लागू भएपछि भिक्टोरिसको औसत मासिक बिक्री आर्थिक वर्ष २०२४–२५ को तुलनामा दोब्बरभन्दा बढीले बृद्धि भएर २१ हजार १५५ युनिट पुगेको छ ।

जनवरीमा, मारुतीले १५ हजार २४० युनिट भिक्टोरिस बिक्री गरेको थियो, जुन नोभेम्बर र डिसेम्बरमा क्रमशः १२ हजार ३०० र ६ हजार २१० युनिट थियो ।

भिक्टोरिस १.५ लिटर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन, १.५ लिटर स्ट्रङ–हाइब्रिड र सिएनजी पावरट्रेनमा उपलब्ध छ । ट्रान्समिसनको कुरा गर्नुपर्दा यसमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरवक्सको विकल्प पाउन सकिन्छ ।

भिक्टोरिसको स्ट्रङ–हाइब्रिड संस्करणमा भने ईसिभिटी दिइएकाे छ । यो अल–ह्विल ड्राइभ भेरिएन्टमा समेत उपलब्ध छ । भिक्टोरिस सुजुकीको प्रोडक्ट पोर्टफोलियमो हालसम्मकै सर्बाधिक फिचर भएको एसयूभी हो ।

सम्बन्धित समाचारहरू

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ ।...

भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु

भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु

मारुती सुजुकीले मेड इन इन्डिया फ्रङ्क्सलाई जापानमा निर्यात गर्न सुरु...

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...