यस्ता छन् नेपाल भित्रिएको सुजुकी भिक्टोरिसमा भएका आकर्षक विशेषताहरु

नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अहिलेसम्मकै सबैभन्दा धेरै विशेषता भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ। भविष्यमुखी डिजाइन, विलासी र इन्टेलिजेन्ट प्रविधिको समिश्रणका रूपमा यो एसयूभी बजारमा ल्याएको हो।

नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, अलग्रिप सेलेक्ट र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन्। यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवेरनेस र सुरक्षाका लागि लेभल-२ एडास रहेको छ।

उत्कृष्ट सुरक्षा विशेषता भएकै कारण सुजुकी भिक्टोरिसले सेफ्टी रेटिङमा ग्लोबल एनसीएपीमा फाइभ स्टार पाएको हो। उपभोक्ताको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको छ। आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो यो एसयूभीले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’ को अवार्ड समेत जित्न सफल भएको छ।

कम्पनीले सुजुकी भिक्टोरिस एसयूभीको सुरुवाती अफर मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। साथै अफर मूल्यअन्तर्गत ग्राहकहरूका लागि २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ।

सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करणकुमार चौधरीले आजका आधुनिक नेपाली ग्राहकहरू प्रविधिमैत्री र वातावरणीय रूपमा निकै जिम्मेवार भएकाले त्यसलाई मिट गर्नेगरी सुजुकीको भिक्टोरिस बजारमा आएको बताए। सुजुकी भिक्टोरिसले सेफ्टी रेटिङमा फाइभ स्टार पाएको र अत्याधुनिक सुविधाहरूले नेपाली ग्राहकको मन जित्ने सफल हुने विश्वास चौधरीको छ।

भिक्टोरिसका मुख्य विशेषताहरु-

१. इन्टेलिजेन्ट प्रविधि र मनोरञ्जनः

  • थिएटर अन ह्विल्सः हर्मनद्वारा निर्मित इनफिनिटीका ८-स्पीकर प्रिमियम साउन्ड सिस्टम, जसमा डलबी एटमस ५.१ सराउन्ड साउन्ड रहेको छ।
  • स्मार्टंप्ले प्रो एक्स २५.६५ सेमी (१०.१ इन्च) को टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, जसमा ३५ भन्दा बढी फिचर भएको एलेक्स अटो भोइस एआई र ओटीए अपडेटको सुविधा छ।
  • डिजिटल क्लस्टर : २६.०३ सेमी (१०.२५ इन्च) को पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर।
  • इन्टिरियर र डिस्प्ले : स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट सिस्टममा एकीकृत गरिएको क्लाइमेट कन्ट्रोल एसी डिस्प्ले।
  • हावाको शुद्धता : एक्यूआई डिस्प्ले र अटो प्युरिफाई मोडसहितको एयर फिल्टर।

२. विलासी आराम र सुविधा

  • जेस्चर कन्ट्रोलमार्फत हातको प्रयोग नगरीकन डिकी खोल्न सकिने सुविधा।
  • एम्बियन्ट लाइटिङः ६४ रङमा परिवर्तन गर्न सकिने कस्टमाइजेबल ब्याकलिट लाइटिङ।
  • भेन्टिलेटेड सिटः ८-वे पावर एड्जस्टेबल ड्राइभर सिट र अगाडिका सिटहरूमा कुलिङ सुविधा।
  • एक्टिभ कुलिङ फ्यान सहितको वायरलेस स्मार्टफोन चार्जर र मल्टिपल ग्क्द्य टाइप-सी फास्ट चार्जिङ पोर्टहरू

३. सर्वोत्कृष्ट सुरक्षा

  • लेवल २ एडास, १० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर-असिस्ट फिचरहरू जस्तै- अटोमेटिक इमर्जेन्सी ब्रेक, एडेप्टिभ क्रुज कन्ट्रोल, र लेन किप असिस्ट।
  • ६ एयरब्याग्सः सुरक्षालाई प्राथमिकता दिँदै सबै भेरियन्टमा ६ वटा एयरब्याग।
  • ३६० भ्यू क्यामेराः ११ वटा फरक दृश्यहरू देखाउने हाई-डेफिनिसन क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम।
  • सुरक्षा र नियन्त्रणः अल-ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र ब्रेक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक।
  • स्मार्ट पार्किङः फ्रन्ट र रियर पार्किङ सेन्सरका साथ स्वचालित ३६० भ्यु क्यामेरा।

सबै प्यासेन्जर भेहिकल सेग्मेन्टमा ग्राहकहरूलाई उच्च स्तरको सुरक्षा प्रदान गर्ने सुजुकीको प्रतिबद्धता अनुरुप नयाँ भिक्टोरिसमा एरियन सेफ्टी सिल्ड उपलब्ध गराइएको छ । यस अन्तर्गत स्ट्रोङ हाइब्रिड, ईभी मोड सहितको स्ट्रोङ हाइब्रिड इन्जिन जसले उत्कृष्ट माइलेज र पर्फर्मेन्स दिन्छ। कठिन बाटोहरुका लागि अटो, स्नो र लक मोडसहित फोर वाइ फोर उपलब्ध छ।

भिक्टोरिसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलईडी टेल ल्याम्प र एरो कट अलोय ह्विल्स दिइएको छ। यसको भित्री भाग ब्ल्याक र आइभोरी ड्यूल टोनमा सजाइएको छ भने ठूलो प्यानोरामिक सनरुफले क्याबिनलाई अझ फराकिलो महसुस गराउँछ।

सम्बन्धित समाचारहरू

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

क्रसओभर र अफरोड सेग्मेन्टमा सुजुकीको इन्ट्री, कस्तो रहला नेपाली बजार

क्रसओभर र अफरोड सेग्मेन्टमा सुजुकीको इन्ट्री, कस्तो रहला नेपाली बजार

भारतको सवैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले पछिल्लो समय एकपछि...

सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै

सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै

सुजुकी टु ह्विलर्स इन्डियाले चाँडै भारतमा सस्तो एड्भेन्चर बाइक लन्च गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...