स्काइवेल सहित यी ४ ब्राण्डले पाए नाडा अटो शो–२०२४ को प्रिमियम स्टल
काठमाडौं– नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटो शो–२०२४ मा सहभागी हुने...
काठमाडौं–सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटो कर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सीजी मोटो कर्पका अनुसार, नयाँ स्विफ्ट पहिलो दिनदेखि नै प्रदर्शनीमा राखिनेछ भने मूल्य समेत सोहि समयमा सार्बजनिक गरिनेछ ।
२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टीनेसको पर्यायबाचिको रुपमा रहदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएका छन् ।
नयाँ जेड–सिरिज इन्जिन जडान गरिएको स्विफ्टले पर्फमेन्स र सस्टेनविलिटीको नयाँ आयाम ल्याउने कम्पनी भनाई छ । कम्पनीका अनुसार एपिक नयाँ स्विफ्टमा थुप्रै नविनतम फिचरहरु समाबेश गरिएकाले यसकोे ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुनेछ ।
नयाँ स्विफ्टमा आकर्षक एक्सटेरियर, आरामदायी क्याविन, आधुनिक सेफ्टी सिस्टम, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधि जस्ता पाँच नयाँ विशेषता पाउन सकिन्छ । कारको क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट राखिएको छ जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ । स्विफ्टको सिग्नेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमराङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्स लगायत फिचर पाउन सकिन्छ ।
कारमा नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ९ इन्चको स्मार्ट प्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुका लागि छिटो चार्ज गर्ने ए र सी टाइप यूएसवी पोर्ट पछाडि एसी भेन्ट्स, क्रूज कन्ट्रोल र कीलेस इन्ट्री लगायत फिचरले सबै यात्रुका लागि सहजता र सुविधा सुनिश्चित गर्छ ।
ड्राइभर र यात्रुको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ सेफ्टि फिचर दिइएको छ । कारमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन तथा ब्रेक असिस्ट र थ्री प्वाइन्ट सीट बेल्टको को साथै वाइड भ्यू सहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।
सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ । यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ कि.मि सम्मको माइलेज प्रदान गर्नेछ ।
स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधा जस्ता विशेषताका कारण यसले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ ।
काठमाडौं– नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटो शो–२०२४ मा सहभागी हुने...
आर्थिक वर्ष २०७९/८० का लागि ल्याउन लागिएको वार्षिक बजेटमा सवारीसाधनमा...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...