एडास प्रविधि र नयाँ इन्जिनमा आउँदै सुजुकी ब्रेजा, भारतमा बुकिङ खुल्यो

काठमाडौँ–मारुती सुजुकीले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजाको बहुप्रतीक्षित फेसलिफ्ट मोडलको आधिकारिक बुकिङ खुल्ला गरेको छ । नयाँ परिमार्जनसहित बजारमा आउन लागेको यस कारलाई कम्पनीले आगामी जुलाई २३ मा सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल दोस्रो पुस्तामा उपलब्ध ब्रेजाका लागि यो पहिलो ठूलो र महत्त्वपूर्ण अपडेट हो । नयाँ ब्रेजा फेसलिफ्टको बाहिरी रूपलाई थप आकर्षक र आधुनिक बनाउन धेरै कस्मेटिक परिवर्तनहरू गरिएको छ । यसमा नयाँ डिजाइनको आकर्षक हेडलाइट, रि–डिजाइन गरिएको आकर्षक टेललाइट, परिमार्जित फ्रन्ट तथा रियर बम्परहरू र नयाँ डुअल टोन अलोय ह्विल्स समावेश हुने अपेक्षा गरिएको छ ।

नयाँ ब्रेजाको इन्टेरियरमा पहिलेभन्दा धेरै प्रिमियम र फिचर लोड गरिएको छ । नयाँ क्याबिनमा लेदरेट अपहोल्स्ट्रीको साथै भेन्टिलेटेड फ्रन्ट सिट, ठूलो आकारको अत्याधुनिक टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र प्रिमियम लुक्स दिने एम्बियन्ट लाइटिङ समावेश हुनेछन् । सुरक्षालाई थप मजबुत बनाउन सुजुकीले यसमा लेभल–२ एडास प्रविधि समेत उपलब्ध गराउने संभावना देखिएको छ ।

यस पटकको फेसलिफ्टमा सबैभन्दा ठूलो र मुख्य परिवर्तन यसको इन्जिनमा देख्न पाइनेछ । सुजुकीले यसमा ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको १.० लिटर टर्बो–पेट्रोल इन्जिन उपलब्ध गराउने प्रबल सम्भावना छ । यो त्यही इन्जिन हो जसले सुजुकी फ्रंक्सलाई पावर दिन्छ र यसले ९९ बीएचपी पावर तथा १४८ एनएमको उत्कृष्ट टर्क जेनेरेट गर्दछ ।

ब्रेजा नेपाली बजारमा समेत रुचाइएको सब–फोर मिटर एसयूभी हो । भारतमा लन्च भएलगत्तै यो एसयूभी नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...