सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई–भिटारा’ भोली लन्च हुँदै, नेपालमा कहिले ?

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई–भिटारा’लाई डिसेम्वर, २ (भोली) मा लन्च गर्दै छ । इन्डिया मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा सार्वजनिक गरिएको सो एसयूभी नेपालमा भने गत भदौमा आयोजित नाडा अटो शाोमा शोकेस गरिएको थियो ।

ई–भिटाराको ठूलो उत्पादन सन् २०२५ को अगस्टबाटै सुरु भइसकेको छ र अन्तर्राष्ट्रिय बजारमा हालसम्म ७ हजार भन्दा बढी युनिट पठाइसकिएको छ । सो एसयूभी बेलायत, जर्मनी, नर्वे, फ्रान्स लगायत १२ युरोपेली देशहरूमा २ हजार ९ सय भन्दा बढी युनिट पठाइएको छ। कम्पनीले सो गाडीलाई विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात गर्ने योजना बनाएको छ ।

ई–भिटारा कम्पनीको प्रिमियम नेक्सा डिलरशिपमार्फत बिक्री गरिनेछ । यसको सुरुवाती मूल्य करिब १७ लाख भारु हुने अनुमान गरिएको छ । यसमा चीनको बीवाईडी कम्पनीबाट आपूर्ति गरिएका ४८.८ किलोवाट क्षमताको र ६१.१ किलोवाट क्षमताको दुई एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार सो मोडलले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज तय गर्ने दाबी गरेको छ ।

सो एसयूभी डेल्टा, जेटा र अल्फा गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा सानो ब्याट्री प्याक भएको मोडलले १४४ पीएस पावर र १९२.५ एनएम टर्क प्रदान गर्नेछ भने ठूलो ब्याट्री प्याक भएको मोडलले १७४ पीएस पावर र समान १९२.५ एनएम टर्क उत्पादन गर्नेछ। डीसी फास्ट चार्जिङ सुविधा सहित, सो ब्याट्री ० देखि ८० प्रतिशतसम्म केवल ५० मिनेटमा चार्ज गर्न सकिन्छ ।

ई–भिटारामा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.१ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, लेभल २ एडास, सात एयरब्याग र ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर समावेश छ । यो गाडीले हुन्डाई क्रेटा इलेक्ट्रिक, टाटा कर्भ ईभी, टाटा ह्यारियर ईभी, महिन्द्रा एक्सईभी ९ई र एमजी जेडएस ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा यसअघि नै सार्बजनिक भैसकेको ई–भिटारा बिक्रीका लागि समेत छिट्टै उपलब्ध हुने अनुमान गरिएको छ । नेपाल आएपछि यसले चिनियाँ ब्रान्डका इलेक्ट्रिक एसयुभीसंगै भारतबाटै आयात हुने हुन्डाई क्रेटासंग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...