महिन्द्रा थारको प्रतिस्पर्धी जिम्नी ५ डोर, यस्तो छ फिचर र पावरट्रेन
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ...
मारुती सुजुकीको सर्बाधिक सफल कार स्विफ्टले ३० लाख बिक्रीको माइलस्टोन पार गरेको छ । पहिलोपटक सन् २००५ मा लन्च भएयता पछि फर्केर हेर्नु नपरेको स्विफ्टको हालसम्म चारवटा जेनेरेशन बजारमा आइसकेको छ । भारतमा स्विफ्टले धेरै वर्षसम्म सर्बाधिक बिक्री हुने कारको पहिचान समेत बनाएको थियो ।
एसयूभी सेग्मेन्टका गाडीको दबदबा बढ्दै गएको भारतमा स्विफ्टले अझैपनि सफलता हात पार्दै आएको छ । सन् २०२१ सम्म २५ लाख बिक्रीको माइलस्टोन पार गरेको यो कारले त्यसपछिको तीन वर्षमा ५ लाख बिक्री हाँसिल गर्दै अझैपनि ग्राहकको रोजाइमा पर्न सफल छ भन्ने प्रमाणित गरेको छ ।
हाल यसको चौथो जेनेरेशन बिक्री हुँदै आएको छ । जसमा १.२ लिटर क्षमताको जेड सिरिज ईन्जिन जडान गरिएको छ । इन्धन किफायती मानिने उक्त ईन्जिनले एक लिटर पेट्रोलको खपतमा २५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । कारको अधिकतम पावर ८२ एचपी र टर्क ११२ एनएम छ । यो ५ स्पिड म्यानुअल र एएमटी विकल्पमा उपलब्ध छ ।
नेपाली बजारमा समेत लोकप्रिय रहँदै आएको स्विफ्ट पछिल्लो समय भने ईभी क्रेजका कारण ओझेलमा पर्दै आएको छ । सोही कारण भारतमा यसको नयाँ मोडल आएर बिक्री भइसक्दा समेत हालसम्म नेपाल आउने कुनै टुंगो लागिसकेको छैन ।
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले नयाँ...
काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...
मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक सेलेरियोको नयाँ मोडल नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...