१९ वर्षमा ३० लाख यूनिट बिक्री भयो मारुती सुजुकीको यो कार

मारुती सुजुकीको सर्बाधिक सफल कार स्विफ्टले ३० लाख बिक्रीको माइलस्टोन पार गरेको छ । पहिलोपटक सन् २००५ मा लन्च भएयता पछि फर्केर हेर्नु नपरेको स्विफ्टको हालसम्म चारवटा जेनेरेशन बजारमा आइसकेको छ । भारतमा स्विफ्टले धेरै वर्षसम्म सर्बाधिक बिक्री हुने कारको पहिचान समेत बनाएको थियो ।

एसयूभी सेग्मेन्टका गाडीको दबदबा बढ्दै गएको भारतमा स्विफ्टले अझैपनि सफलता हात पार्दै आएको छ । सन् २०२१ सम्म २५ लाख बिक्रीको माइलस्टोन पार गरेको यो कारले त्यसपछिको तीन वर्षमा ५ लाख बिक्री हाँसिल गर्दै अझैपनि ग्राहकको रोजाइमा पर्न सफल छ भन्ने प्रमाणित गरेको छ ।

हाल यसको चौथो जेनेरेशन बिक्री हुँदै आएको छ । जसमा १.२ लिटर क्षमताको जेड सिरिज ईन्जिन जडान गरिएको छ । इन्धन किफायती मानिने उक्त ईन्जिनले एक लिटर पेट्रोलको खपतमा २५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । कारको अधिकतम पावर ८२ एचपी र टर्क ११२ एनएम छ । यो ५ स्पिड म्यानुअल र एएमटी विकल्पमा उपलब्ध छ ।

नेपाली बजारमा समेत लोकप्रिय रहँदै आएको स्विफ्ट पछिल्लो समय भने ईभी क्रेजका कारण ओझेलमा पर्दै आएको छ । सोही कारण भारतमा यसको नयाँ मोडल आएर बिक्री भइसक्दा समेत हालसम्म नेपाल आउने कुनै टुंगो लागिसकेको छैन ।

सम्बन्धित समाचारहरू

भारतको सर्वाधिक बिक्री हुने १२५ सीसी स्कुटर अब नेपालमा

भारतको सर्वाधिक बिक्री हुने १२५ सीसी स्कुटर अब नेपालमा

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नयाँ...

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा लन्च हुँदै

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा लन्च हुँदै

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा...

नयाँ ब्रेजाको लन्च हुने मिति तय, यस्तो छ जुन ३० मा लन्च हुने यो एसयुभी

नयाँ ब्रेजाको लन्च हुने मिति तय, यस्तो छ जुन ३० मा लन्च हुने यो एसयुभी

सव फोर मिटर एसयुभीमा सर्बाधिक लोकप्रिय भिटरा ब्रेजाको अपडेटेड मोडल यहि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...