चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
सुजुकी स्विफ्टले नम्बर–१ कारको आफ्नो पुरानो विरासतलाई एकपटक फेरि फिर्ता लिएको छ । गत महिना (मे २०२४) को बिक्री अनुसार वागन आरलाई पछि पार्दै स्विफ्टले फेरि एक पटक भारतीय कार बजारमा नम्बर–१ स्थान हासिल गरेको हो ।
गत महिना १९ हजार ३३९ युनिट नयाँ स्विफ्ट बिक्री हुँदा वागन आरको बिक्री १७ हजार ८५० युनिटमा सीमित भएको जनाइएको छ । यसअघि वागन आरले सर्बाधिक बिक्री हुने कारको सूचीमा पहिलो स्थान कायम गर्दै आएको थियो । कम्पनीले हालै स्विफ्टको नयाँ पुस्तालाई लन्च गरेपछि यसको चर्चा चुलिँदै गएको छ ।
कस्तो छ नयाँ स्विफ्ट ?
नयाँ स्विफ्टमा १.२ लिटर क्षमतको जेड सिरिज पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ८२ बीएचपीको अधिकतम पावर र ११२ एनएमको पिक टर्क जेनेरेट गर्छ । कारको इन्जिन ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्ससँग जोडिएको छ ।
कम्पनीले स्विफ्टको पेट्रोल म्यानुअल भेरिएन्टमा २४.८ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरेको छ । जबकि मारुती स्विफ्टको पेट्रोल अटोमेटिक भेरिएन्टले २५.७५ किलोमिटर प्रति लिटर माइलेज दिने दाबी गरिएको छ ।
अपडेटेड स्विफ्टको क्याविनमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक एसी, वायरलेस फोन चार्जिङ र कनेक्टेड कार टेक्नोलोजी जस्ता सुविधाहरू पाउन सकिन्छ । यसका साथै सुरक्षाका लागि कारमा स्ट्यान्डर्ड ६–एयरब्याग, रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामेरा जस्ता फिचरहरू उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...