मारुती सुजुकीको सबैभन्दा महंगो गाडी लन्च, हाइब्रिड इन्जिन मात्र हुने
मारुती सुजुकीले प्रिमियम एमपीभी ‘इन्भिक्टो’ भारतीय अटोमोबाइल बजारमा...
सुजुकी स्विफ्टले नम्बर–१ कारको आफ्नो पुरानो विरासतलाई एकपटक फेरि फिर्ता लिएको छ । गत महिना (मे २०२४) को बिक्री अनुसार वागन आरलाई पछि पार्दै स्विफ्टले फेरि एक पटक भारतीय कार बजारमा नम्बर–१ स्थान हासिल गरेको हो ।
गत महिना १९ हजार ३३९ युनिट नयाँ स्विफ्ट बिक्री हुँदा वागन आरको बिक्री १७ हजार ८५० युनिटमा सीमित भएको जनाइएको छ । यसअघि वागन आरले सर्बाधिक बिक्री हुने कारको सूचीमा पहिलो स्थान कायम गर्दै आएको थियो । कम्पनीले हालै स्विफ्टको नयाँ पुस्तालाई लन्च गरेपछि यसको चर्चा चुलिँदै गएको छ ।
कस्तो छ नयाँ स्विफ्ट ?
नयाँ स्विफ्टमा १.२ लिटर क्षमतको जेड सिरिज पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ८२ बीएचपीको अधिकतम पावर र ११२ एनएमको पिक टर्क जेनेरेट गर्छ । कारको इन्जिन ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्ससँग जोडिएको छ ।
कम्पनीले स्विफ्टको पेट्रोल म्यानुअल भेरिएन्टमा २४.८ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरेको छ । जबकि मारुती स्विफ्टको पेट्रोल अटोमेटिक भेरिएन्टले २५.७५ किलोमिटर प्रति लिटर माइलेज दिने दाबी गरिएको छ ।
अपडेटेड स्विफ्टको क्याविनमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक एसी, वायरलेस फोन चार्जिङ र कनेक्टेड कार टेक्नोलोजी जस्ता सुविधाहरू पाउन सकिन्छ । यसका साथै सुरक्षाका लागि कारमा स्ट्यान्डर्ड ६–एयरब्याग, रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामेरा जस्ता फिचरहरू उपलब्ध गराइएको छ ।
मारुती सुजुकीले प्रिमियम एमपीभी ‘इन्भिक्टो’ भारतीय अटोमोबाइल बजारमा...
काठमाडौं–भदौ ११ देखी आयोजना हुने नाडा अटो शो–२०२४ मा सुजुकीले नयाँ...
जापानी कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक टु ह्विल लन्च गर्ने घोषणा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...