५ स्टार सेफ्टी रेटिङसहित २०२६ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट लन्च
मारुती सुजुकीले भारतमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक रूपमा लन्च गरेको छ।...
मारुती सुजुकीको लाइट कमर्सियल भेइकल सुपर क्यारी रिभर्स पार्किङ असिस्ट सिस्टमको साथमा अपडेट गरिएको छ । सो सुरक्षा फिचर स्ट्यान्डर्ड फिटमेन्टको रुपमा समावेश गरिनेछ । सो मिनी ट्रक सुपर क्यारी सजिलै पार्किङ गर्न पनि सकिने भएको छ ।
सुपर क्यारी नयाँ फिचरको कारणले १८ हजार भारु महँगो भएको छ । २०२१ सुपर क्यारीको सुरुवाती एक्स शोरुम मूल्य ४ लाख ४८ हजार भारु रहेको छ । यसको टप मोडलको मूल्य ५ लाख ४६ हजार भारु रहेको छ ।
सुपर क्यारी मिनी ट्रकको लम्बाई २१८३ एमएम र चौडाई १४८८ एमएम रहेको छ । जसलाई सामान ढुवानी गर्नको लागि डिजाइन गरिएको छ । यसमा ७४० किलोग्राम लोड क्षमता रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ । सो मिनी ट्रकको सबै भेरिएन्टमा आरपीएएस सिस्टमको नयाँ भर्सन अपडेट गरिएको छ ।
सो मिनी ट्रक पेट्रोल र पेट्रोल प्लस सीएनजी भेरिएन्टमा उपलब्ध रहेको छ । यसको इन्जिन बीएस६ इन्धन उत्सर्जन मानकका अनुसार अपडेट गरिएको छ । यसमा १.२ लिटर इन्जिन समावेश गरिएको छ । जसले ७२.४ बीएचपीको पावर र ९८ एनएमको टर्क जेनेरेट गर्छ । यद्यपि सो भेइकलको सीएनजी भेरिएन्टमा पेट्रोल इन्जिन समावेश गरिएको छ । सो मोडलको इन्जिनले ६४.३ बीएचपीको पावर र ८५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा ५ स्पिड म्यानुअल गियरबक्स ट्रान्समिसन समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...