जापानमा लन्च भयो सुजुकीको एमपीभी सोलिओ ब्यान्डिट, यस्तो छ आकर्षक विशेषता

जापानी कम्पनी सुजुकीले हाइब्रिड मल्टी परपोज भेइकल अर्थात एमपीभी सुजुकी सोलिओ ब्यान्डिट लन्च गरेको छ । सो कारको डिजाइन बक्स जस्तो रहेको छ । जसको कारण यो पूर्ण रूपमा भिन्न देखिन्छ । जापानमा सो कारको मूल्य २० लाख ६ हजार ४ सय येन रहेको छ । जबकि यसको टप भेरिएन्टको मूल्य २१ लाख ३१ हजार ८ सय येन रहेको हो ।

सो कारको डिजाइन र शैलीको मामिलामा अपीलिङ रहेको छ । यसमा मोटोक्रोम बोर्डरको साथमा ग्रिल र स्लिक एलईडी हेडल्याम्प र डीआरएल एकदम आकर्षक देखिन्छ । यसको साथै राउन्ड फोग ल्याम्प, ट्रेंडी अलोय ह्वीलले पनि एमपीभीलाई आकर्षक बनाएको छ ।

सुजुकीले सुजुकी सोलियो ब्यान्डिटलाई मोनोटोन र डुअल टोन कलर विकल्पमा लन्च गरेको छ । सो कारको इन्टेरियर पनि डुअल टोन रहेको छ । कम्पनीले सो कारको फ्रन्ट प्यासेन्जर सीट र रियर प्यासेन्जर सीटमा आरामको विशेष ध्यान दिएको छ । सो कारमा अटोमेटिक एसी, ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । सुजुकी सोलिओ ब्यान्डिटमा किलेस इन्ट्रि, पावर स्टेयरिङ, स्लाइडिङ डोर, ड्राइभर–प्यासेन्जर सीट हिटरका साथै ६ स्पिकर समावेश गरिएको छ । सो कारमा फ्रन्ट साइड सीट एडजस्टेबल रहेको छ ।

सुजुकी सोलियो ब्यान्डिटमा १.२ लिटरको ग्यासोलिन इन्जिन समावेश गरिएको छ । जसले ६००० आरपीएममा ९१ पीएसको अधिकतम पावर र ६००० आरपीएममा ११८ एनएमको टर्क जेनेरेट गर्छ । साथै यसको डीसी साइक्रोनस मोटर ३.२ पीएसको पावर र ५० एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ३ राइडिङ मोड अर्बन, सुबर्बन र हाईवे रहेको छ । सो कारको दुई भेरिएन्टको माइलेज १५.३ किलोमिटर प्रति घन्टा देखि २१.१ किलोमिटर प्रति घन्टा रहेको छ ।

सो कारमा डुअल एयरब्यागका साथै एसआरएस एयरब्याग रहेको छ । यसको साथै लेन डेभिएसन वार्निङ सिस्टम, एडेप्टिव क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर, हेड अप डिस्प्ले, ईएसपी, ईबीडीको साथमा एबीएस, फ्रन्ट डिस्क ब्रेक, हिल होल्ड कन्ट्रोल, ३६० डिग्री भ्यु क्यामेरा, सेक्युरिटी अलार्म सिस्टम, इन्जिन मोबिलाइजर र इमरजेन्सी पंचर रिपेयर किट सहित अन्य धेरै फिचर पनि समावेश गरिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...