एक दशकभित्र आकाशमा उड्ने कार देख्न सकिने, सुजुकीले पनि फ्लाइङ कार निर्माण गर्ने

जापानी अटो निर्माता कम्पनी सुजुकीले उड्ने कार बनाउने तयारी गरेको छ । यसका लागि कम्पनीले स्काईड्राइभ कम्पनीसँग सहकार्य गरेको छ । सुजुकीको यो इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ कार नयाँ जेनेरेशनको कार हुनेछ ।

यो नयाँ कार सन् २०२४ मा सार्वजनिक हुनेछ । कम्पनीको यो उड्ने कारले एक पटकमा धेरै यात्रुहरू लिएर उडान गर्न सक्छ ।

स्काईड्राइभले गत वर्ष मार्चमा कम्पनीले उड्ने कारको अनुसन्धान, विकास र मार्केटिङका लागि सुजुकीसँग साझेदारी गरेको थियो ।

स्काईड्राइभले ईभीटीओएल विमान विकास गरिरहेको छ । २०१८ मा स्थापना भएको कम्पनीले पहिले नै उडान कारको प्रोटोटाइप परीक्षण गरिरहेको छ र २०१९ मा चालक दलको परीक्षण उडान पूरा गर्न सफल भएको थियो ।

स्काईड्राइभले कम्प्याक्ट, २ सिटको विद्युतीय फ्लाइङ कारको विकास सुरु गरेको छ । कम्पनीले सो कारको सम्पूर्ण उत्पादन गर्ने योजना बनाएको छ । तर, सुजुकी यो कारको डेभलपमेन्ट पार्टनर बन्ने हो वा होइन भन्ने स्पष्ट छैन । यो दशकको अन्त्यसम्ममा उड्ने कार लन्च गर्न सकिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

गेम चेन्जर बन्दै छ सुजुकीको यो कार, सेफ्टीमा भएका यी फिचर बन्दै छन् विशेष

गेम चेन्जर बन्दै छ सुजुकीको यो कार, सेफ्टीमा भएका यी फिचर बन्दै छन् विशेष

मारुती सुजुकीले जुलाई ५ मा प्रिमियम श्रेणीमा नयाँ एपीभी इन्भिक्टो लन्च...

आज देखि देशभरका शोरुममा सुजुकी जिम्नी र फ्रोङ्क्स उपलब्ध

आज देखि देशभरका शोरुममा सुजुकी जिम्नी र फ्रोङ्क्स उपलब्ध

काठमाडौँ – नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...