ग्राण्ड भिटाराको बिक्री २ लाख युनिट नाघ्यो, ईभी क्रेजका कारण नेपालमा कम आकर्षण

मारुती सुजुकीको मिड साइज एसयूभी ग्राण्ड भिटारा लन्च भएको २ वर्षभन्दा कम समयमै २ लाख बढी यूनिट बिक्री भएको छ । सेप्टेम्वर २०२२ मा भारतिय बजारमा लन्च गरिएको सो एसयूभीले पहिलो वर्षमै १ लाख युनिट बिक्रीको आँकाडा पार गर्न सफल भएको थियो । उक्त बिक्रीसंगै भिटारा मिड साइज एसयूभीमा सबैभन्दा छिटो १ लाख युनिट बिक्री हासिल गर्ने एसयुभी बनेको थियो ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले सार्बजनिक गरेको तथ्याङ्क अनुसार, सुजुकीले जुन २०२४ को अन्त्यसम्ममा ग्राण्ड भिटाराका १ लाख ९९ हजार ५५० यूनिट बिक्री गरेको थियो । यो एसयूभी भारतमा प्रत्येक महिना औषतमा ९ हजार युनिटका दरले बिक्री हुँदै आएको छ ।

आर्थिक वर्ष २०२३ मा सुजुकीले ग्राण्ड भिटाराका ५१ हजार ३१५ यूनिट बिक्री गरेको थियो । त्यसपछिको आर्थिक वर्षमा यो संख्या बढेर १ लाख २१ हजार १६९ इकाई पुगेको छ । आर्थिक वर्ष २०२५ मा हालसम्म कार निर्माताले २७ हजार ६६ युनिट बिक्री गरिसकेको छ ।

ग्राण्ड भिटारा नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एसयूभी हो । यो एसयूभीलाई सिजी मोटोकर्पले भारतमा लन्च भएलगत्तै भित्र्याएको थियो । नेपाली उपभोक्ताको रोजाई ईभी बन्न थालेपछि यसको बिक्रीले खासै गति भने लिन सकिरहेको छैन ।

नेपाली बजारमा यो स्मार्ट र स्ट्रङ हाइब्रिड भर्सनमा उपलब्ध छ । जसको मूल्य ६४ लाखदेखी ८८ लाख रुपैयाँसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

तीन सय युनिटमात्र उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्वजनिक

तीन सय युनिटमात्र उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्वजनिक

सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयूभी जिम्नीलाई नयाँ एडिसनमा उतारेको छ ।...

कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई

कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा...

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

मारुति सुजुकीले नोभेम्बर ११ मा भारतीय बजारमा नयाँ जेन डिजायर लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...