बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सुजुकी मोटरसाइकल इन्डियाले करिब ४ लाख स्कुटर र बाइक फिर्ता गरेको छ । २०२२ अप्रिल ३० देखी डिसेम्बर ३ का विचमा निर्मित एक्सेस १२५, बर्गमान स्ट्रिट १५ र एभेनिस १२५ लगायत जम्मा ३ लाख ८८ हजार ४११ स्कुटरहरू यस रिकलबाट प्रभावित छन् ।
सुजुकीका अनुसार, इग्निशन कोइलसँग जोडिएको हाई–टेन्सन कर्डमा देखिएको समस्याका कारण यति धेरै स्कुटर फिर्ता बोलाइएको हो । जुन गम्भिर प्रकारको समस्या रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यसैगरी भी स्ट्रोम ८०० डीईको पछाडिको टायरमा खरावी देखिएका कारण उक्त मोटरसाइकल समेत फिर्ता बोलाइएको छ । कम्पनीका अनुसार यो मोटरसाइकलको टायर ट्रेडको केही भाग छुट्टिन सक्ने र यसले टायरमा गम्भिर समस्या ल्याउन सक्नेछ ।
ग्राहकले सुजुकीको आधिकारिक वेबसाइटमा भीन नम्वर प्रविष्ट गरेर आफ्नो स्कुटर वा बाइक यस रिकलबाट प्रभावित भएको छ या छैन भनेर चेक गर्न सक्नेछन् ।
फिर्ता बोलाइएक स्कुटर मोडलहरु नेपाली बजारमा समेत बिक्री हुँदै आएका छन् । जसकारण नेपाली बजारमा गुड्दै आएका यी स्कुटरमा समेत समस्या देखिन सक्ने हुँदा ग्राहकले कम्पनीको वेभसाइटमा गएर भीन नम्वरमार्फत चेक गर्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...