भारतमा नयाँ स्विफ्टको बुकिङ खुला, कहिले आउँला नेपाल ?

मारुती सुजुकीको सर्बाधिक सफल ह्याचब्याक कार स्विफ्ट नयाँ अबतारमा आउँदै छ । भारतीय बजारमा अर्को महिना लन्च हुने अपेक्षा गरिएको सो कारको बुकिङ खुला गरिएको हो । नेपाली बजारमा समेत लोकप्रिय बनेको सो कारको नयाँ अबतार भारतमा लन्च भए लगत्तै आउने अनुमान गर्न सकिन्छ ।

चौथो पुस्ताको स्विफ्टलाई सुजुकीले २०२३ को जापान मोबिलिटी शोमा विश्वव्यापी रूपमा डेब्यू गरेको थियो । रिपोर्टका अनुसार भारत–विशेष कार अलि फरक हुनेछ । यसमा अगाडि र पछाडि फरक फरक बम्पर, ब्ल्याक आउट सी–पिलर, एलईडी हेडलाइट, एलईडी फग ल्याम्प र बुट लिडमा माउन्ट गरिएको रिभर्स क्यामेरा पाउने अपेक्षा गरिएको छ ।

२०२४ मारुती सुजुकी स्विफ्टमा नयाँ जेड सिरिज १.२–लिटर ३–सिलिन्डर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन हुनेछ । यसको आउटपुट के१२ इन्जिनको जस्तै हुने अपेक्षा गरिएको छ र छ–स्पीड म्यानुअल अर्थात एएमटी गियरबक्ससँग जोडिनेछ ।

स्विफ्टमा ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी र ईएसपी हुने अपेक्षा गरिएको छ । ३६० डिग्री क्यामेरा र एडिएएस जस्ता सुविधाहरू भारतीय बजारमा उपलब्ध नहुन सक्छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

मारुती सुजुकीको निर्यात ३० लाख युनिट नाघ्यो, भारतबाट निर्यात हुने कारमा ४० प्रतिशत हिस्सा

मारुती सुजुकीको निर्यात ३० लाख युनिट नाघ्यो, भारतबाट निर्यात हुने कारमा ४० प्रतिशत हिस्सा

मारुती सुजुकीले ३० लाख निर्यातको नयाँ माइलस्टोन हासिल गरेको छ । कम्पनीले...

सुजुकी, महिन्द्रा र होन्डाले नयाँ मिड साइज एसयूभी ल्याउँदै, बजार थप प्रतिस्पर्धात्मक बन्ने

सुजुकी, महिन्द्रा र होन्डाले नयाँ मिड साइज एसयूभी ल्याउँदै, बजार थप प्रतिस्पर्धात्मक बन्ने

बजारमा साना एसयूभीको माग बढ्दै गएपछि अहिले सबैजसो उत्पादक कम्पनीहरुको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...