सुजुकीले खुलायो भारतमा नयाँ सेलिरियोको बुकिङ, २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी

भारतमा मारुती सुजुकीले सेकेन्ड जेनेरेशन सेलिरियोको बुकिङ खुल्ला गरेको छ । यो कारलाई कम्पनीले यसै महिनाको १० तारिखमा औपचारिक लन्च गर्न गैरहेको छ । सन् २०१४ देखी बिक्री हुँदै आइरहेको सेलिरियो सुजुकी ब्रान्डको सर्बाधिक बिक्री हुने ह्याचब्याक कारमा पर्दै आइरहेको छ । बुकिङ खुल्ला गरिएपनि यसको मूल्य भने हालसम्म सार्बजनिक गरिएको छैन ।

नयाँ सेलिरियोलाई कम्पनीले कम तौलमा आधारित हर्टटेक्ट प्लेटफर्ममा उत्पादन गरिरहेको छ । पहिलेको तुलनामा केही ठूलो आकार र नयाँ लुक्स तथा डिजाइनमा तयार भएको यो कारलाई कम्पनीले भारतकै सर्बाधिक माइलेज दिने कार भएको दाबी गरेको छ । यो कारले प्रतिलिटर इन्धन खपतमा २६ किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा जडान गरिएको अल न्यू के सिरिज इन्जिनका कारण यति धेरै माइलेज पाइने कम्पनीले दाबी गरेको हो । यो कारमा १.२ लिटर क्षमताको डुअल भीभीटी टेक्नोलोजीको डुअल जेट इन्जिन जडान गरिएको छ ।

यो नयाँ कारको डिजाइनमा कम्पनीले ब्यापक सुधार गरेको छ । जसका कारण पुरानै मोडलको सेकेन्ड जेनेरेशन भनिएपनि यो ब्रान्ड न्यु मोडल जस्तो देखिन्छ । यो कारमा अटो गियर सिफ्ट(एजिएस) र आइडल स्टार्ट–स्टप टेक्नोलोजी समेत दिइएको छ । एउटा सानो आकारको बजेट कारलाई सकेसम्म अत्याधुनिक, सुबिधासम्पन्न र सुरक्षित बनाउन कम्पनीले निकै नै मेहनत गरेको छ । नयाँ सेलिरियोमा रिभर्स पार्किङ सेन्सर, इबिडी सहितको एबिएस र डुअल फ्रन्ट एयर ब्याग लगायत अन्य थुप्रै सेफ्टि फिचर्स समेत उपलब्ध गराइएको छ । यो म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध छ ।

सेलिरियोलाई नेपाली बजारमा समेत निकै लोकप्रिय ह्याचब्याक कारका रुपमा लिने गरिन्छ । भारतमा औपचारिक लन्च भए लगत्तै यो नयाँ कार नेपाली बजारमा समेत भित्रिने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

२०२१ मा लन्च भए सर्बाधिक माइलेज दिने यी ५ कार, ३ वटा नेपाल आउन बाँकी

२०२१ मा लन्च भए सर्बाधिक माइलेज दिने यी ५ कार, ३ वटा नेपाल आउन बाँकी

सन् २०२१ मा भारतमा बिभिन्न अटो उत्पादक कम्पनीहरुले नयाँनयाँ मोडलका कारहरु...

बीएस६ प्रविधिको झल्को दिने यी दुई मोडलका मोटरसाइकल : मूल्यमा ५ हजार मात्र फरक

बीएस६ प्रविधिको झल्को दिने यी दुई मोडलका मोटरसाइकल : मूल्यमा ५ हजार मात्र फरक

विश्व बजारमा कारको बिक्री बढे जस्तै एसियाली मुलुकहरुमा दुई पांग्रे सवारी...

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ प्रोडक्सन संस्करण सार्वजनिक

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ प्रोडक्सन संस्करण सार्वजनिक

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’को प्रोडक्सन भर्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...