सुजुकीले खुलायो भारतमा नयाँ सेलिरियोको बुकिङ, २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी

भारतमा मारुती सुजुकीले सेकेन्ड जेनेरेशन सेलिरियोको बुकिङ खुल्ला गरेको छ । यो कारलाई कम्पनीले यसै महिनाको १० तारिखमा औपचारिक लन्च गर्न गैरहेको छ । सन् २०१४ देखी बिक्री हुँदै आइरहेको सेलिरियो सुजुकी ब्रान्डको सर्बाधिक बिक्री हुने ह्याचब्याक कारमा पर्दै आइरहेको छ । बुकिङ खुल्ला गरिएपनि यसको मूल्य भने हालसम्म सार्बजनिक गरिएको छैन ।

नयाँ सेलिरियोलाई कम्पनीले कम तौलमा आधारित हर्टटेक्ट प्लेटफर्ममा उत्पादन गरिरहेको छ । पहिलेको तुलनामा केही ठूलो आकार र नयाँ लुक्स तथा डिजाइनमा तयार भएको यो कारलाई कम्पनीले भारतकै सर्बाधिक माइलेज दिने कार भएको दाबी गरेको छ । यो कारले प्रतिलिटर इन्धन खपतमा २६ किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा जडान गरिएको अल न्यू के सिरिज इन्जिनका कारण यति धेरै माइलेज पाइने कम्पनीले दाबी गरेको हो । यो कारमा १.२ लिटर क्षमताको डुअल भीभीटी टेक्नोलोजीको डुअल जेट इन्जिन जडान गरिएको छ ।

यो नयाँ कारको डिजाइनमा कम्पनीले ब्यापक सुधार गरेको छ । जसका कारण पुरानै मोडलको सेकेन्ड जेनेरेशन भनिएपनि यो ब्रान्ड न्यु मोडल जस्तो देखिन्छ । यो कारमा अटो गियर सिफ्ट(एजिएस) र आइडल स्टार्ट–स्टप टेक्नोलोजी समेत दिइएको छ । एउटा सानो आकारको बजेट कारलाई सकेसम्म अत्याधुनिक, सुबिधासम्पन्न र सुरक्षित बनाउन कम्पनीले निकै नै मेहनत गरेको छ । नयाँ सेलिरियोमा रिभर्स पार्किङ सेन्सर, इबिडी सहितको एबिएस र डुअल फ्रन्ट एयर ब्याग लगायत अन्य थुप्रै सेफ्टि फिचर्स समेत उपलब्ध गराइएको छ । यो म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध छ ।

सेलिरियोलाई नेपाली बजारमा समेत निकै लोकप्रिय ह्याचब्याक कारका रुपमा लिने गरिन्छ । भारतमा औपचारिक लन्च भए लगत्तै यो नयाँ कार नेपाली बजारमा समेत भित्रिने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

एनटर्क स्कुटरमा कन्याकुमारीदेखी लेहसम्मको यात्रा मात्र १२६ घन्टा १४...

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...