सुजुकीको नयाँ वर्ष बिग हर्ष : नगद छुट १० हजार पक्का

काठमाडौं – सुजुकी बाइक तथा स्कुटर किन्न चाहने ग्राहकले १० हजार नगद छुट पाउने भएका छन् । सुुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा यो अफर ल्याएको हो । नयाँ वर्ष बिग हर्ष नाम दिइएको सो अफर अन्तर्गत बाइक किन्नका लागि फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध हुनेछ । कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरसँग नयाँ सुजुकी बाइक वा स्कुटर साट्न सकिने छ । देशभरका सुजुकी सोरुममा उपलब्ध हुने सो सुविधा लिनु पहिले बाइक वा स्कुटर टेस्ट राइड गर्न सकिने सुविधा समेत उपलब्ध छ । नेपाली बजारमा सुजुकीका जिक्सर सिरिजका विभिन्न मोडलका बाइकका साथै इन्ट्रयुडर र हायाते बाइक उपलब्ध छन् भने बर्गम्यान स्ट्रिट र एक्सेस १२५ स्कुटर उपलब्ध छन् । सुजुकी बाइक वा स्कुटरमा ५ वर्ष वारेन्टी उपलब्ध छ । नेपाली बजारमा उपलब्ध सुजुकीका बाइक र स्कुटर तथा तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...